जय शम्भु घोषणा

- साप्ताहिक संवाददाता

फाल्गुन १४, २०७४

चलचित्र ‘जय शम्भु’ बन्ने भएको छ । जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको औपचारिक घोषणा गरिएको छ । औपचारिक घोषणसँगै यो चलचित्र फ्लोरमा गएको छ । प्रशान्त ताम्राकार, अनुुप विक्रम शाही र बर्षा शिवाकोटीले चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । यहि चलचित्र मार्फत रोशन महर्जन रजतपटमा डेब्यु गर्दै छन् । 

रुपेश तामाङ्ले निर्देशन गर्ने चलचित्रमा दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटीले सयुक्त रुपमा लगानी गर्ने छन् ।  

एक्शन लभस्टोरी जनरामा बन्ने यो चलचित्रमा हरि घलेको छायांकन, श्री श्रेष्ठको एक्सन। रामजी लामिछानेको कोरियोग्राफि रहने छ । चलचित्रमा अर्जुन पोख्रेलले संगीत गर्ने छन् । 

 

प्रकाशित :फाल्गुन १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्