होली खेल्दा विचार गरौं

- साप्ताहिक संवाददाता

फाल्गुन १३, २०७४

 

 होलीको रंगले असर गर्ने भएकाले होली खेल्नुअघि फेसियल गर्नु हुँदैन, किनभने फेसियल गरेपछि  छाला मुलायम तथा नरम हुन्छ । 

 

 होलीको रंगको दाग हटाउन मटीतेल, पेट्रोल, नेल रिमुभरजस्ता पदार्थ प्रयोग गर्नु हुँदैन । यसका लागि बेसन, अदुवा तथा नौनी आदि प्रयोग गर्न सकिन्छ । 

 

 धेरै रंगमा मेट अक्साइड नामक रसायन प्रयोग गरिने भएकाले रंग केशमा लगाउनु हुँदैन । होली खेल्नुअघि केशमा नरिवलको तेल लगाउनुपर्छ । 

 

 रंग हटाउन साबुनभन्दा पनि क्लिन्जर प्रयोग गर्नुपर्छ ।

 

 तातोपानीले रंगलाई छालामा जमाउने तथा छाला सुख्खा हुने भएकाले रंग हटाउन चिसो तथा मन तातो पानी प्रयोग गर्नुपर्छ । 

 

 आँखामा कन्ट्याक्ट लेन्स राखिएको छ भने होली नखेल्नु नै बेस हुन्छ, किनभने लेन्सभित्र रंग तथा अबिर परे आँखामा इन्फेक्सन हुन सक्छ । 

 

 पानीमा बढी भिज्दा रुघा, खोकी तथा ज्वरो आउने भएकाले ध्यान पुर्‍याउनुपर्छ । 

 

 घरको छतमा बसेर अरूलाई लोला हान्दा लडेर दुर्घटना निम्तिन सक्ने भएकाले सचेत भएर होली खेल्ने मात्र होइन, त्यस्तो व्यवहार नै नगर्नु उपयुक्त हो ।

प्रकाशित :फाल्गुन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्