राजको रंग बिनाको होली

- साप्ताहिक संवाददाता

फाल्गुन १३, २०७४

चाडपर्व विशेष विभिन्न गीत/संगीतहरु सिर्जना भएका छन् । हरेक पर्व नजिकिदै जादा ति पर्वलाई गीतका माध्यमबाट कलाकारले सम्बोधन गर्ने गरेका छन् । यो वर्षको होली पर्व संघारमा आईपुग्दा गायक राज के गोस्वामीले पनि गीत मार्फत नै यो पर्वको सम्बोधन गरेका छन् । 

‘रंग बिनाको होली’बोलको सार्वजनिक गीतमा किरण भण्डारीको शब्द/संगीत तथा संगीत संयोजन रहेको छ ।गीतको म्यूजिक भिडियोमा भने प्रेमीका विनाकोसादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको छ । 

शान थापाले निर्देशन गरेको म्यूजिक भिडियोमा अनिल थापा र सुरक्षा पन्तले अभिनय गरेका छन् ।  भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ । मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । 

रंग बिनाको होलीको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्