गाँजाबाजाको रिगीपिटी

- साप्ताहिक संवाददाता

फाल्गुन १३, २०७४

फागुन २५ बाट रिलिजको तयारीमा रहेको चलचित्र ‘गाँजा बाजा’को दोस्रो गीत रिलिज भएको छ । ‘रिगीपिटी...’ बोललको सार्वजनिक गीतमा निख एण्ड जटाको सङ्गीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको छ ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेका चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

बाबा सिनेमा निर्माण कम्पनीको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापाले लगानी गरेका छन् ।

रिगीपिटीको भिडियो: 

 

प्रकाशित :फाल्गुन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्