Teej banner

जनकपुर र वीरगन्जमा महामूर्ख सम्मेलन

- साप्ताहिक संवाददाता

फाल्गुन १२, २०७४

होलीको पूर्वसन्ध्यामा जनकपुरधाम तथा वीरगन्जमा महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । हरेक वर्ष एक जना व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । मिथिला नाट्य कला परिषदले बर्सेनि महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

उक्त कार्यक्रममा विशिष्ट व्यक्तिहरूलाई महामूर्खाधिराज, पटमूर्ख, डपौर शंखजस्ता व्यंग्यात्मक उपाधिहरू प्रदान गरिन्छ । यसका साथै कलाकार एवं साहित्यकारहरूले होली गीत एवं नृत्य प्रस्तुत गर्नुका साथै व्यंगात्मक कवितासमेत वाचन गर्छन् ।

 

प्रकाशित :फाल्गुन १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्