नवीना र प्रवीनलाई अग्रिम शुभकामना

- साप्ताहिक संवाददाता

फाल्गुन १२, २०७४

 

नवीना लामा तथा प्रवीणलाई सफल वैवाहिक जीवनको अग्रिम शुभकामना (डिप पोलिटिकल लभ) । 

रामकृष्ण निरौला

साप्ताहिकमा प्रेमसम्बन्धी कुरा पढियो, गज्जब लाग्यो । 

सन्तोष पराजुली

प्रेम अब पहिलेको जमानाको जस्तो रहेन (यात्रा सन्दर्भ : भ्यालेन्टिनका टिपोट र सम्झना) । पैसा तथा सम्पत्ति हुनेहरूले गर्ने विषय बन्यो । प्रेमजस्तो पवित्र कुरा पनि व्यापार बन्न थाल्यो । सहर वरपरका डाँडाकाँडाहरूमा खोलिएका होटलमा घण्टे–स्टे फस्टाएको छ । यो लेखले समाजको यथार्थ चित्रण 

गरेको छ । 

रूपक बर्तौला 

साप्ताहिकको हरेक अंकमा कानुनी सल्लाह पनि समावेश गर्नुपर्‍यो । यसबाट साप्ताहिकमा सुनमा सुगन्ध थपिने थियो ।

सीताराम सापकोटा

यो नेपाल र नेपालीहरूका लागि खुसीको कुरा हो (अन्तर्वार्ता : काठमाडौंसम्मै दौडेर आउने इच्छा छ) । कुनै विदेशीले यदि हामीलाई प्रेम गर्छ भने हामीले पनि उसलाई सम्मान गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार–प्रसार गर्न यस्तै व्यक्तिहरूको ठूलो हात हुन्छ । 

अपर्ण खनाल

अनलाइनमा खोजिने जोडी उति भरपर्दो हुँदैन (साइन्स एन्ड टेक्नो : अनलाइनमा जोडीको खोजी) । अनलाइनबाट बनेका सम्बन्धहरू बलिया पनि हुँदैनन् । भर्चुअल र वास्तविक दुनियाँ फरक छ । भर्चुअल सम्बन्धहरू क्षणिक हुन्छन् । 

दिनेश दाहाल

डिमोर्चाको कमब्याकले उत्साह थपेको छ (चर्चामा : र्‍याप ब्यान्ड डिमोर्चाको कमब्याक) । स्वदेश तथा विदेशका कार्यक्रमहरूमा डिमोर्चाको उपस्थिति बलियो होस् ।

प्रेम बस्नेत

यो सकारात्मक समाचार हो (फेसबुकमा फेक न्युज कम हुने) । फेक न्युजको बाढीले गर्दा आममानिसमा भ्रम सिर्जना भैरहेको थियो । यसले फेसबुकप्रतिको विश्वास बढाउनेछ ।

रमेश कुँवर

राजनराजलाई अभिनेताका रूपमा पनि सफलता प्राप्त होस् (म्युजिक डायरी : अभिनेता बने राजनराज) । गायनमा जस्तै उनको अभिनयले समेत लोकप्रियता प्राप्त गरोस् । 

कुन्दन बम

असहमति भए पनि प्रश्न सोध्ने र प्रश्न सुन्न सक्ने धैर्य हुनुपर्छ (मुक्त आकाश : प्रश्न गरौं) । स्वस्थ बहस अत्यावश्यक छ अनि मात्र कुन कुरा सही, कुन गलत छुट्याउन सकिन्छ । अविरलजीको विचारमा मेरो सहमति छ ।

धुब्र कार्की

सबै प्रतिस्पर्धीलाई बधाई एबं शुभकामना (खोटाङ आइडलमा दस) । आयोजकले राम्रा प्रतिभाहरू छनौट गरून् । 

संगम पोखरेल

अभिनेता विल्सन विक्रम राईलाई शीघ्र स्वास्थ्य लाभको कामना (दुर्घटनामा विल्सन) । चाँडै तपाईंको दैनिकी सामान्य होस् । 

गौतम थापा

मानिस आफ्नो अतीतमा बाँच्दो रहेछ (युवा मन : यादहरू) । यादहरू भएनन् भने के सम्झिने होला ? यादहरू जीवन बाँच्ने सहारा पनि हुन् । 

इन्दु पुन

पैसा र शक्तिको आडमा कोही उम्किन नपाउन् (अपराध : कोठा नम्बर ४०५) । पीडितलाई न्याय मिलोस् । गलत नजिर नबसोस् । यस्ता घटनामा कमी ल्याउन राज्यले समेत पहल गर्नुपर्छ ।

प्रदीप धिताल

समाजमा नकारात्मक असर फैलाउने कार्य गर्नेहरूलाई छुट दिनु हुँदैन (भित्री वस्त्र नलगाएकोमा पक्राउ) । सबैले आ–आफ्नो सीमाभित्र बस्नुपर्छ । 

ममता निरौला

प्रकाशित :फाल्गुन १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्