Teej banner

यिनी पनि मुम्बईमा ?

- साप्ताहिक संवाददाता

फाल्गुन ११, २०७४

नेपाली चलचित्रका अभिनेत्रीहरूले बलिउडमा आफ्नो भाग्य चम्काउने प्रयास गर्नु नौलो कुरा होइन । मनीषा कोइरालाबाहेक अन्य अभिनेत्रीले भाग्य चम्काउन नसके पनि त्यो क्रम भने रोकिएको छैन । पछिल्ला केही महिनादेखि अभिनेत्री जेनिशा केसी मुम्बईमै छिन् । 

बलिउडका अभिनेताहरूसँगका उनका तस्बिर सामाजिक सञ्जालमा उपलब्ध छन् । यतिबेला अर्कि एउटी अभिनेत्री पनि मुम्बईमा संघर्षरत छिन् । चलचित्र चपली हाइट–२ की अभिनेत्री परमीता राज्यलक्ष्मी राणा विगत केही महिनादेखि मुम्बईमा छिन् । 

चपली हाइट–२ पछि अन्य चलचित्रमा नदेखिएकी राणा अभिनयको प्रशिक्षण लिन मुम्बई पुगेको बताइए पनि उनले त्यहाँ हिन्दी चलचित्रका लागि अडिसन दिन थालेको बताइन्छ । यसबीच परमिताले बलिउड अभिनेता वरुण धवनलाई साथी बनाउन सफल भएको इन्स्टाग्राममा उल्लेख गरेकी छिन् । 

वरुणले आफूलाई अँगालोमा बेरेको तस्बिर पोस्ट गर्दै उनलाई आफ्नो नयाँ साथी भनेकी छिन् । त्यसअघि उनले एउटा पार्टिमा वरुणसंगै नृत्य गरेको भिडियोसमेत अपलोड गरेकी थिइन् । 

प्रकाशित :फाल्गुन ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्