३४ को तयारी

- साप्ताहिक संवाददाता

फाल्गुन ११, २०७४

नेपालमा सबैभन्दा बढी चलचित्र निर्देशन गर्ने निर्देशक को हुन् ? २०५८ सालदेखि चलचित्र निर्देशनमा सक्रिय निर्देशक ऋषि न्यौपानेलाई विश्वास गर्ने हो भने उनले करिब डेढ दशकको अवधिमा ३३ वटा नेपाली चलचित्र निर्देशन गरिसकेका छन् । ऋषि भन्छन्– ‘नेपालमा सबैभन्दा बढी चलचित्र निर्देशन गर्ने निर्देशक मै हुँ ।’ 

हुन पनि यतिबेला आफ्नो ३४ औं निर्देशनको चलचित्र युरोपमा पुगेर छायांकन गर्ने अन्तिम तयारी गरिरहेका निर्देशक न्यौपाने पछिल्ला केही वर्ष यता वर्षमै दुई–तीनवटा चलचित्र निर्देशन गरिरहेका छन् । 

नेसनल स्टुडियोमा निर्देशनसम्बन्धी अध्ययन गरेर यो क्षेत्रमा सक्रिय भएका न्यौपानेले पहिलो पटक निर्देशन गरेको चलचित्र हो— मायाको चिनो । उनको निर्देशनको चलचित्र खलनायकले सिनेमा हलमा प्रदर्शनको एक सय दिन नै मनाएको थियो । लगत्तै टक्कर दुई मुटुकोले ५१ औं दिन मनायो । 

चलचित्र मेरो राजेश दाईको सफलतासँगै यी निर्देशक न्यौपानेले फुर्सदले बस्नु परेन । जोस, खतरनाक, कमिना, झमेला, बादशाह, लक, तनाव, ब्रम्हा, धनवान, लाले आदि चलचित्र निर्देशन गरिसकेका न्यौपाने अहिले आफ्नो ३४ औं निर्देशकीय चलचित्रलाई लाई विशेष बनाउने अभियानमा छन् ।  

 

प्रकाशित :फाल्गुन ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्