फागुन ११ देखि १७ गतेसम्मको राशिफल

  • फागुन १७ गते : फागुपूर्णिमा, पहाडी भेग होली, खग्रास चन्द्रगहण । १८ गते : तराई होली ।

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

फाल्गुन ११, २०७४

 

मेष

कठोर परिश्रम गर्नुपर्ने समय छ । दिन–प्रतिदिन नजिकिँदो अवसर छोप्न तथा चुनौतीलाई परास्त गर्न थप समय दिनु श्रेयस्कर हुन्छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ । प्रात: ब्रम्ह मुहूर्तमा उठी ईश्वरको स्मरण तथा योग गर्नाले मानसिक तनाव एवं थकान कम भएर जानेछन् ।

वृष

बाहिरी गफगाफमा अल्भिँmदा व्यापार–व्यवसायमा असर पर्न सक्छ । कसैको साथ खोज्नु आफ्नो हितमा छैन । आफूबाट फाइदा लिन खोज्नेहरूसँग सतर्क रहनुहोला । सेतो रंग प्रयोग गर्दा कतिपय काम सहजै फत्ते हुनेछन् । दु्रत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

मिथुन 

कुरा काट्नेहरू तपार्इंको कमजोरी पहिल्याएर षड्यन्त्र गर्दैैछन् । त्यस्तो षड्यन्त्रलाई स्वाभिमानले परास्त गर्न सकिनेछ । मित्रप्रतिको विश्वासमा तुषारापात हुन सक्छ । हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । सुन्तला रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । 

कर्कट 

सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै रहनुहोला । आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । भ्रमणका क्रममा भेटिएका मित्रले तपाईंबाट अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन्, त्यस्तो मित्रताबाट टाढै रहनुहोला ।

सिंह 

बोलीको प्रभाव बढ्ने छ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारमा संलग्न नहुनुमै कल्याण छ ।

कन्या 

तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । कार्यालय तथा घरायसी दुवैतर्फको बोझिलो कार्यले तनाव सिर्जना गर्न सक्छ  । योग ध्यान तथा प्रात: भ्रमणले मानसिक पीडा कम गर्न सहयोग पुर्‍याउनेछन् ।

तुला  

साताको सुरुमा समाजसेवातर्फ आकर्षित भइनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । अध्ययनमा त्यति ध्यान दिन नसकिएला । मंगलबारपछि सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

वृश्चिक 

लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ  । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर फेला पर्ने छन् । दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । यात्रा गर्दा मौसमको ख्याल गर्नुहोला । 

धनु  

प्रेमिकाको सहयोगमा आकस्मिक धन प्राप्त हुनेछ, जसले नयाँ व्यवसाय सञ्चालन गर्न सहयोग पुर्‍याउनेछ । प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तक्र्रियाले मनोबल उच्च बनाउनेछ । साताको अन्त्यमा दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । मंगलबारपछिका दिन भोजभतेरमा सहभागी हुनुपर्ला ।

मकर 

लेनदेनमा विवादको सामना गर्नुपर्ला । नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । बुधबारपछिका दिनमा भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।  

कुम्भ 

हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । विश्वासपात्रले प्राय: काममा साथ दिनेछन् । भित्रैबाट मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । बुधबारपछिका दिन यात्रा हुनसक्छ ।

मीन  

अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । विदेश भ्रमण सार्थक बनाउन थप खर्च गर्नुपर्ला । पहेंलो पहिरनले अपेक्षाकृत परिणाम प्राप्त गर्न सहयोग पुर्‍याउनेछ । सवारी साधन खरिद गर्ने योजना अभिभावकहरूबाट अनुमोदन हुनेछ भने मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । 

प्रकाशित :फाल्गुन ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्