चैत्र २ मा डेस्टिनेशन
फाल्गुन १०, २०७४
स्वर्गीय निर्देशक दीपक रायमाझीले निर्देशन थालेको चलचित्र ‘डेस्टिनेशन’ चैत्र २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । शरद अधिकारीले निर्माण गरेको यो चलचित्र निर्देशक रायमाझीको निधन पछि निर्देशक मधुसुदन भट्टराईले कार्यकारी निर्देशन गरेका छन् ।
चलचित्रमा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, विक्रम मल्लठकुरी, रबि गिरी, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रोशनी सापकोटा, रश्मी भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् । राजु थापा र सौरभ लामाको छायांकन रहेको चलचित्रमा निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत समावेश छ ।
निर्देश रायमाझीले यो चलचित्रले बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग गर्ने बताएका थिए । देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित यो चलचित्र अन्र्तराष्ट्रिय स्तरमा प्रदर्शन गर्ने पनि उनको सपना थियो ।
प्रकाशित :फाल्गुन १०, २०७४

















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्