Teej banner

अनुभवको जोडी सेड्रिना

- अर्जुन राजवंशी

फाल्गुन १०, २०७४

दमक, झापाकी १२ वर्षीया सेड्रिना शर्मा चम्लागाई  विकास आचार्यको ‘नाइँ नभन्नु ल–५’ को मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी छिन् । बालकलाकार अनुभव रेग्मीको जोडीका रूपमा सेड्रिनालाई अनुबन्धित गरिएको चलचित्रका लेखक सामीप्यराज तिम्सिनाले जानकारी दिएका छन् ।

सेड्रिना अनुभवको जोडीका रूपमा यसअघिका सिरिजमा अभिनय गर्दै आएकी सुज्ञानी भट्टराईको स्थानमा छनौट भएकी हुन् । ‘नाइँ नभन्नु ल–५’ मा अनुभव र सेड्रिना मुख्य भूमिकामा रहने गरी कथा तयार पारिएको तिम्सिनाले बताए । 

 

 

प्रकाशित :फाल्गुन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्