मिस ई कलेज काजल

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७४

 

गत साता सम्पन्न ‘मिस ई कलेज २०१८’मा काजल तामाङले शिर्ष उपाधि जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको उक्त प्रतियोगीतामा अन्य प्रतियोगीलाई पछि पार्दै व्रिटीस कलेजमा अध्ययनरत २० वर्षिया काजलले बाजी मारेकी हुन् । 

पर्सनालिटी विधाको अवार्ड समेत जित्न सफल काजलले विजेताका रुपमा नयाँ स्कुटर र बैंकक भ्रमणको प्याकेज पुरस्कारका रुपमा प्राप्त गरेकी छिन् । प्रतियोगितामा सोफिया  श्रेष्ठ अर्गनाइजर च्वाइस र क्रियटिभिटी अवार्ड सहित फष्ट रनर अप, आस्मी गौतम सेकेण्ड रनर अप घोषित भएका थिए । यसैगरी वेष्ट वाक उपाधि सहित अपेक्षा ढुंगाना सेकेन्ड रनर अप र ट्यालेन्ट तथा भिअर्स च्वाइस अवार्ड सहित अलिशा श्रेष्ठ फोर्थ रनर अप चयन भएका थिए ।  

प्रतियोगिताको विधागत अवार्डतर्फ सकिना खड्का पपुलर, रविना लामिछाने फ्रेन्डशीप, सविता लामा फोटोजेनिक, उर्मीला गोले हेल्दी स्माइल, मनिसा वराइली डिसिप्लिन, कसक प्रधान बेष्ट हेयर, पासाङ लामु सेर्पा फिटनेश, सोनिया श्रेष्ठ वेष्ट फिगर, करुणा  गुरुङ वेष्ट स्कीन, रोजिना के.सी स्टाइलिस, आशा लिम्वु फेशवुक लाइक तथा पेमा लामा युट्युव मल्टी मिडिया अवार्डमा विजेता छनौट गरिएका थिए । 

 

प्रकाशित :फाल्गुन ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्