टप मोडल वल्र्डवाईडमा निशान

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७४

 

आगामी अप्रिल ३ मा सम्पन्न हुने टप मोडल वल्र्डवाईडको यो वर्षको संसकरणमा निशान चौहानले सहभागीता जनाउने भएका छन् । यो प्रतियोगीता लण्डनमा सम्पन्न हुने छ । निशान २०१६ का म्यानहन्ट नेपालका उपाधि विजेता हुन् । 

संसारभरका मोडलहरुले सहभागीता जनाउने यस प्रतियोगीतामा निशानले करिव ४० देशका सहभागिसँग प्रतिस्पर्धा गर्ने छन् । उक्त प्रतियोगीतामा सहभागी हुन पाउँदा आफूलाई निक्कै खुशी लागेको निशास बताउँछन् ।

प्रतियोगीतामा आफ्नो सहभागीताबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘नेपाली भएर लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै खुशी र गर्व लागेको छ ।’ प्रतियोगीतामा उपाधि नेपालको पक्षमा पार्न आफूले सक्दो सहयोग गर्ने समेत उनको भनाई छ । 

उक्त कार्यक्रममा ‘टप मोडल वल्र्डवाईड’ नेपाल र भारतकी निर्देशक रजनी सुब्बा, म्यानहन्ट नेपालका सिईओ अनुप सक्सेना, कलर्स मोबाइलकी असिस्टेन्ट मार्केटिङ्ग म्यानेजर निरु धौगोडा, डाबर नेपालकी मिडिया म्यानेजर गीता खड्का श्रेष्ठ लगायतको उपस्थिती थियो ।  

प्रकाशित :फाल्गुन ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्