किरण र जुनुको मुख छोपी रमाइलो

- साप्ताहिक संवाददाता

फाल्गुन ८, २०७४

 गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिल शाहीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुवोध सुधाकर रिजालले रचना गरेका हुन् । गीतमा अनिल शाहीकै संगीत संयोजन छन् । भिषण मानन्धरले प्रोग्रामिङ गरेको उक्त गीतलाई प्रकाश केसीले मिक्सिङ गरेका छन् ।

यसअघि ‘बरीलै...’ तथा ‘माया मैसँग लाइ देउन...’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन् ।

मोहनराज अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई नृत्यपरक बनाइएको छ । म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन् । भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको उक्त भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

 

मुख छोपी...को म्युजिक भिडियो :

प्रकाशित :फाल्गुन ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्