Teej banner

खगेन्द्रको बाध्यता

- साप्ताहिक संवाददाता

फाल्गुन ८, २०७४

अभिनेता खगेन्द्र लामिछाने कुशल लेखक हुन् भन्ने कुरा धेरैलाई थाहा छ । रमाइलो कुरा के छ भने खगेन्द्रले हालसम्म ती चलचित्रमा मात्र अभिनय गरेका छन्, जसको स्क्रिप्ट उनी आफैंले लेखेका छन्, अर्थात् हालसम्म उनले अरूले लेखेका स्क्रिप्टमा अभिनय गरेका छैनन् । खगेन्द्रको कुरामा विश्वास गर्ने हो भने भविष्यमा पनि उनी अरूको स्क्रिप्टमा काम गर्ने छैनन् ।

बधशाला, टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, धनपति आदि चलचित्रका यी अभिनेता अहिले डमरुको डन्डीबियोमार्फत दर्शकमाझ आउँदै छन् भने यसै साता छायांकन प्रारम्भ भएको अशोक शर्माको चलचित्र जय भोलेमा पनि उनी मुख्य भूमिकामा छन् ।

आफूले अभिनय गर्ने चलचित्रको कथा, पटकथा तथा संवाद आफैंले लेख्दै आएका लामिछानेले एउटा जिज्ञासाको जवाफमा भने– ‘राम्रो स्क्रिप्ट ल्याउनुहोस्, म लेख्नै छाडिदिन्छु ।’ खगेन्द्रले आफूलाई जोगाउँदै भने— अरूले राम्रो स्क्रिप्ट लेख्दैनन् भन्न खोजेको होइन, तर मकहाँ राम्रा स्क्रिप्ट आइपुग्दैनन् ।

 

प्रकाशित :फाल्गुन ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्