उपयोगी काउली

- साप्ताहिक संवाददाता

फाल्गुन ८, २०७४

 

 काउली खाए क्यान्सरबाट जोगिन सकिन्छ । एक अध्ययनअनुसार काउलीजस्ता हरिया सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सरसम्बन्धी कोष बढ्न पाउँदैन ।

 

 काउलीले क्यान्सरको कोष बनेको भए पनि त्यसलाई बढ्न नदिई निष्क्रिय राख्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्बाशय तथा मूत्रथैलीको क्यान्सरबाट जोगिन सहयोग पुर्‍याउँछ । 

 

 प्रशस्त काउली खाने महिलामा स्तन क्यान्सरसँग लड्ने एवं क्यान्सरका कोष वृद्धि हुन नदिने शक्ति बढी हुन्छ । 

 

 काउलीले हड्डी बलियो बनाउनुका साथै एलर्जी हुने सम्भावना कम गर्छ भने पाचनप्रणाली समेत सुदृढ बनाउँछ । 

 

 काउली भिटामिन के तथा सीको महत्त्वपूर्ण स्रोत हो ।

प्रकाशित :फाल्गुन ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्