Teej banner

हङकङ पुग्यो ईन्द्रावतीको सपना

- अनोज रोक्का

फाल्गुन ७, २०७४

बिबिसि नेपाली सेवाको कार्यक्रम साझा सवालमा वीरगञ्जकी ईन्द्रावती रामले सङ्घर्ष, पीडा र आफ्ना सपनाहरु सुनाएकी थिईन । रिक्सा चलाएर आफ्ना सन्तानलाई हुर्काईरहेकी उनी अटोरिक्सा किन्न चाहन्छिन् । बच्चालाई पढाउँन चाहन्छिन्, तर त्यो किन्ने हैसियत उनमा छैन । उनको त्यो पिडाले कार्यक्रम हेर्ने धेरैका आँखा रसाए ।

ईन्द्रावतीको मातृत्व प्रेम र पिडालाई केहि हदसम्म मलम लगाउनका लागि हङकङबाट जुन रानाले आर्थिक संकलनको अभियान चलाएकी छिन् । अभियानकै क्रममा आईतबार ईन्द्रावती सहयोगार्थ पदयात्रा आयोजना गरिएको थियो ।

हङकङ स्थित युङलोङबाट शुरु भएको पदयात्रा वोङ नाई तुङ रिजभ्र्वायर हुँदै ताईतोङ कन्ट्रीपार्कमा पुगेर सम्पन्न भएको थियो । पदयात्राबाट लगभग एकलाख रुपैया संकलन भएको छ ।

पदयात्रामा सहभागी हुन नसकेका दाताहरुबाट पनि सहयोग रकम आउँनेक्रम जारी छ । हामी आशा गर्छौ, चााडै ईन्द्रावतीको सपनाको नजिक पुग्नेछौं साहित्य लेखन र समाजसेवामा सक्रिय जुनु बताउछीन ।

‘स्वास्थ्यसँगै सहयोग’ भन्ने नारा सहित आयोजना गरिएको पदयात्रामा नर्सिङ पेशामा आवद्ध टीका रानाबाट पदयात्रामा सहभागीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारीका साथै सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।

 

प्रकाशित :फाल्गुन ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्