Teej banner

मौसम परिवर्तन हुँदा

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७४

 

 मौसम परिवतर्नसँगै तापक्रममा परिवर्तन आउने भएकाले विभिन्न भाइरस उब्जन्छन् । यसले गर्दा धेरैलाई टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने तथा थकावट महसुस हुनसक्छ । 

 

 राइनो तथा कोरोना भाइरसले मानिसलाई जाडो तथा गर्मी दुवै मौसममा बिरामी बनाउँछ । यो भाइरस धेरै छिटो फैलने भएकाले मानिसहरू छिट्टै यसको सिकार हुन्छन् ।

 

 रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस चाँडै यस्ता रोगको सिकार हुन्छन् ।

 

 यस्ता समस्याबाट जोगिन आफ्नो दैनिक क्रियाकलाप तथा खानपानमा ध्यान पुर्‍याउनुपर्छ । खानामा भिटामिन सी तथा डीको मात्रा बढाउनुपर्छ । फलफूल एवं तरकारी प्रशस्त मात्रामा खानुपर्छ । 

 

 आफ्नो खानामा गेडागुडीको झोल समावेश गर्नुपर्छ । झोल खानेकुरा बढी मात्रामा खानुपर्छ । 

 

 बाहिर खुल्ला राखिएका तथा बासी, सडेगलेका खानेकुरा खानु हुँदैन भने नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ ।

प्रकाशित :फाल्गुन ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्