झाडापखालाका बारेमा

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७४

 

 गर्मी मौसममा ब्याक्टेरियल डायरियाको प्रकोप देखिएजस्तै अहिलेको मौसममा पनि भाइरल डायरियाको समस्या सिर्जना हुनसक्छ । 

 

 यस्तो मौसममा रोटा तथा नोरो भाइरसका कारणले झाडापखाला लाग्छ । बालबालिका तथा युवामा यस्ता समस्या उत्तिकै मात्रामा देखा पर्छन् । 

 

 दूषित पानी, बासी खानेकुरा तथा सरसफाइको कमीका कारण झाडापखाला लाग्छ । 

 

 त्यसैले सरसफाइ तथा खानपानमा ध्यान पुर्‍याउनुपर्छ । 

 

 बासी तथा खुल्ला राखिएका खानेकुरा एवं दूषित पानी सेवन गर्नु हुँदैन । झाडापखाला लागे जीवनजल सेवन गर्नुपर्छ । 

प्रकाशित :फाल्गुन ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्