शत्रु गतेका पोस्टर सार्वजनिक

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७४

 

चर्चामा रहेको चलचित्र ‘शत्रु गते’का केहि पोस्टर सार्वजनिक भएका छन् । चलचित्र प्रदर्शनको करिव १ महिना अघि सार्वजनिक पोस्टरमा चलचित्रका जोडीहरुलाई विभिन्न शैलीमा प्रस्तुत गरिएको छ । 

सार्वजनिक पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आँचल शर्मालाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । यस अघि सार्वजनिक भएका चलचित्रका गीतमा पनि उनीहरुलाई नै जोडीका रुपमा प्रस्तुत गरिएको थियो । 

श्रीधर पौडेलको फोटोग्राफी रहेका सार्वजनिक पोस्टर टौवा क्रिएसनका लागि विजय बस्याल र शान थापाले तयार गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । 

 

प्रकाशित :फाल्गुन ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्