Teej banner

रुघाखोकी लाग्दा

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७४

 

 खोकी लागेको बेला जंक फुड खानु हुँदैन, किनभने त्यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । 

 

 यस्तो बेला तारेका खानेकुरा खानु हुँदैन । 

 

 फ्रिजमा राखिएका चिसा खानेकुरा तथा आइसक्रिम पनि सेवन गर्नु हुँदैन । 

 

 नियमित रूपमा तातो पानी पिउनुपर्छ । तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड ड्रिंक्स पिउनु हुँदैन । 

 

 मरिचको धूलोमा मह मिसाएर खाए फाइदा हुन्छ । 

 एक गिलास तातो दूधमा खजुर उमालेर पिए चिसोबाट राहत मिल्छ । 

 

 तुलसी, पुदिना तथा मरिच हालेर उमालिएको पानी पिउँदा पनि घाँटीको खसखस कम हुन्छ । 

 

 तातो दूधमा एक चम्चा बेसार मिसाएर पिउँदा फाइदा हुन्छ । बेसारमा पाइने एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल गुणले रुघाखोकी निको पार्छ । 

 

 नियमित रूपमा महमा अदुवा मिसाएर खाए चिसोबाट जोगिन सकिन्छ । 

 

 दालचिनी र जाइफल बराबर मात्रामा पिसेर बिहान–बेलुकी महसँग खाए रुघाखोकी टाढै रहन्छ । 

 

 बाहिर निस्कँदा मास्क लगाउनुपर्छ ।

प्रकाशित :फाल्गुन ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्