सेतु बन्ध आसन

- लोकनाथ खनाल

फाल्गुन ५, २०७४

 

विधि 

 उत्तानो अर्थात् ढाडको बलमा सुत्ने । 

 घुँडा मोडेर नितम्बको नजिक ल्याउने । 

 कुर्कुचालाई हातले समाउने, नसके नजिक राख्ने । 

  श्वास भर्दै हातको बलमा नितम्बलाई माथि उठाउने ।

यसो गर्दा मेरुदण्ड राम्रोसँग तन्किनुपर्छ । 

 १०–१५ सेकेन्ड रोकेर विस्तारै पुरानै अवस्थामा फर्कने । 

 

फाइदा 

 मेरुदण्डलाई बलियो एवं लचिलो बनाउँछ । 

 पाचन तन्त्र बलियो हुन्छ । 

 यो आसनले पेट, थाइराइड तथा फोक्सोमा सकारात्मक प्रभाव पार्छ । 

 दम, उच्च रक्तचाप तथा पिनासका रोगीलाई फाइदा हुन्छ । 

 तनाव, चिन्ता एवं थकान हराउँछ । 

ढाड तथा टाउकाको पीडा कम हुन्छ । 

महिनावारीको गडबडीमा राहत मिल्छ । 

पिसाबसम्बन्धी समस्यामा लाभ हुन्छ ।

 

                                                                  योग प्रशिक्षक, 

                                                             पतञ्जली योग समिति

प्रकाशित :फाल्गुन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्