भारतका अजय कुमारलाई उपाधि

- राजाराम पौडेल

फाल्गुन ५, २०७४

फस्र्ट एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिताको ओभरअलतर्फको उपाधि भारतका अजय कुमार शर्माले जितेका छन् । पोखरामा आयोजित प्रतियोगीतामा उनले अन्य ७४ जना प्रतियोगीलाई पछाडि पार्दै उपाधि हात पारेका हुन् । ओभरअलतर्फ नेपालका विशाल थापा दोस्रो भए भने इरानका साहिन फलाह तेस्रो भए । 

वुमन्स क्लासतर्फको प्रतियोगितामा चीनकी माया यू प्रथम भइन् । प्रतियोगितामा सिंगापुरकी जेसिका सु फेङगो दोस्रो तथा अमेरीकाकी अनिका हरन्दोत तेस्रो भइन् । स्पोट्र्स क्लासमा नेपालका शेरबहादुर गुरुङ प्रथम, भारतका पिङकु ठाकुर दोस्रो तथा नेपालकै अनिश भट्टराई तेस्रो भए । नेपाल च्याम्पियनतर्फको उपाधि सुरज थापाले जिते भने सुशील गुरुङ द्वितीय, विशाल थापा तृतीय भए । 

टिम इभेन्टमा नेपालको समूह ए च्याम्पियन भयो । दोस्रो स्थान इरानको समूहले जित्दा तेस्रो स्थान नेपालको समूह बीले प्राप्त गर्‍यो । उक्त अवसरमा प्याराग्लाइडिङ उद्धारमा लामो समयदेखि सक्रिय चन्द्र आलेलाई सम्मानसमेत गरिएको थियो ।

प्रतियोगितामा २२ देशका ७५ जना प्रतियोगी सहभागी थिए । ६ जना महिला सहभागि भएको प्रतियोगितामा नेपालका २० जना प्रतियोगी थिए । प्रतियोगिताको आयोजना नेपाल हवाई खेलकुद संस्था (ना) सहित नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ एवं नेपाल प्याराग्लाइडिङ पाइलट क्लबले संयुक्त रूपमा गरेका हुन् ।

 

प्रकाशित :फाल्गुन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्