हुर्रेको प्रचार यात्रा पोखराबाट

- साप्ताहिक संवाददाता

फाल्गुन ४, २०७४

 

यहि फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हुर्रे’को प्रचार यात्रा तिब्र पारिएको छ । चलचित्र प्रचारका लागि देश दौडाहामा रहेको चलचित्र यूनिटले पोखराबाट आफ्नो प्रचार यात्राको थालनी गरेको छ । अनुपविक्रम शाही र केकी अधिकारीलाई जोडीका रुपमा प्रस्तुत गरिएको चलचित्रको पोखरामा पत्रकार सम्मेलन गरी प्रचारको थालनी गरिएको हो । 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अभिनेत्री केकी अधिकारीले आफू चलचित्रमा मेनका पात्रका रुपमा उपस्थित हुने जानकारी गराएकी थिईन । चलचित्र उद्योगका लागि दोस्रा ठूलो शहर पोखरा भएको भन्दै उनले चलचित्रमा आफूले निर्वाह गरेको भूमिकाका बारेमा बताएकी छिन् । 

याम थापाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी र अनुपका साथमा राजाराम पौडेल, अन्कित खड्का, विजय बराल, संगीता नापित लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

प्रकाशित :फाल्गुन ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्