लम्फूका फरक फरक पोस्टर

- साप्ताहिक संवाददाता

फाल्गुन ४, २०७४

आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा रहेको चलचित्र ‘लम्फू’का ३ पोस्टर एकसाथ रिलिज भएका छन् । सार्वजनि ३ पोस्टरमा कलाकारलाई फरक फरक रुपमा प्रस्तुत गरिएको छ । 

सार्वजनिक तिनै पोस्टरमा नवनायक कबिर खड्का अटाएका छन् । पोस्टरमा चलचित्रका कलाकार कुशुम श्रेष्ठ नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा साथै अभिनेता सलोन बस्नेतलाई पनि समावेश गरिएको छ । 

एक युवाको जीवनमा आउने अकल्पनिय घटनालाई चलचित्रले उठान गरेको निर्माण पक्षले बताएको छ । यो चलचित्र गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । 

भूपतिको लेखन रहेको यो चलचित्रमा दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ ।

यस अघि नै अर्जुन पोखरेलको संगीत रहेका यो चलचित्रका चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भएका थिए । 

प्रकाशित :फाल्गुन ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्