Teej banner

कर्नाडको ‘ययाति’

- साप्ताहिक संवाददाता

फाल्गुन ४, २०७४

थिएटर प्रज्ञाले गिरिश कर्नाडद्वारा लिखित नाटक ‘ययाति’ काठमाडौंमा मञ्चन गर्ने भएको छ । टंक चौलागाईंको अनुवाद तथा निर्देशनको उक्त नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो । निर्देशक चौलागाईंका अनुसार नाटक ययाति फागुन १० गतेदेखि चैत ३ गतेसम्म मंगलबारबाहेक प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १:३० बजे अतिरिक्त प्रदर्शन हुने उक्त नाटकमा घिमिरे युवराज, प्रकेश सिन्धुलीय, पवित्रा खड्का, नानी थापा, अर्चना पन्थी, आकांक्षा जीसी आदि कलाकारले अभिनय गर्नेछन् । 

भर्जिन कथा

आज शुक्रबार पोखरामा युथ क्रिएसन थिएटरको पाँचौं प्रस्तुतिका रूपमा ‘भर्जिन कथा’ नाटक पोखरा उद्योग वाणिज्य संघको हलमा मञ्चन हुँदैछ । अपरान्ह साढे ४ बजे प्रारम्भ हुने यो नाटक हेर्न ५ हजार, १ हजार तथा ५ सय रुपैयाँको टिकट काट्नुपर्नेछ । रामलाल जोशीको मदन पुरस्कार विजेता पुस्तक ऐनाको कथामा आधारित यो नाटकलाई सौगात पोखरेलले निर्देशन गरेका हुन् । यो नाटक १६ वर्षमुनिका बालबालिकाले हेर्न पाउने छैनन् । 

 

प्रकाशित :फाल्गुन ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्