Teej banner

य्यारी

- साप्ताहिक संवाददाता

फाल्गुन ४, २०७४

निर्देशक : नीरज पाण्डे

कलाकार : सिद्धार्थ मल्होत्रा, मनोज बाजपेयी, पूजा चोपडा, रकुल प्रीत, नसिरुद्दिन शाह, आदिल हुसेन, विक्रम गोखले, कुमुद मिश्रा आदि ।

संगीतकार : रोचक कोहली/अंकित तिवारी

भारतीय सेन्सर बोर्डका कारण प्रदर्शन मिति परिवर्तन भएर आज शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र हो– ऐय्यारी । यो चलचित्रमा भारतीय सेनामा कार्यरत दुई युवा सैनिकको कथा चित्रण गरिएको छ । चलचित्रको कथा अनुसार कर्नेल अभय सिंह (मनोज बाजपेयी) तथा जय बक्षी (सिद्धार्थ मल्होत्रा) बीच कुनै कुरामा विवाद हुन्छ । 

कर्नेल सिंहलाई आफ्नो देशको प्रणाली (राजनीतिक/सामाजिक) प्रति पूरै आस्था छ । यद्यपि जयलाई देखेपछि तथा उनको कुरा सुनेपछि सिंहको विश्वासमा ठेस पुग्छ । त्यही क्रममा मेजर बक्षीलाई कर्नेल सिंहले ३६ घण्टाका लागि लगाम सुम्पिन्छन् अर्थात् आफ्नो नेतृत्व उनलाई सुम्पन्छन् । कर्नेल सिंहलाई के कुरा थाहा हुँदैन भने मेजर बक्षीसँग एउटा त्यस्तो सेक्रेट छ, जसको माध्यमबाट उनी सरकार नै ढाल्न सक्छन् । 

राजनीति तथा सेनासँग सम्बन्धी विषयमा केन्द्रित भएकाले भारतीय सेन्सर बोर्डले यो चलचित्रका केही दृश्य तथा संवादमा आपत्ति जनाएको थियो । 

प्रकाशित :फाल्गुन ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्