मायाले रेटी दुखायो मुटु

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७४

 

गायक सागर अधिकारी ‘शरद’को आवाजमा एक नयाँ गीत सार्वजनिक भएको छ । विपिन मर्मको शब्द तथा विपिन घिमिरेको संगीतमा ‘मायाले रेटी दुखायो मुटु’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन् । 

सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । म्यूजिक भिडियो भने केहि फरक शैलीमा निर्माण गरिएको छ । रोहित विक्रम कार्कीको छायाङ्कनमा बनेको स्टुडियो कभर गीतको सम्पादन सुरेश राउतले गरेका छन् ।

हाल स्टुडियो कभरमा सार्वजनिक गीतको म्युजिक भिडियो समेत चाँडै नै निर्माण गर्ने योजना रहेको गीतकार मर्मले बताएका छन् । 

मायाले रेटी दुखायो मुटुको म्यूजिक भिडियो :

प्रकाशित :फाल्गुन ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्