प्रिन्स एन्ड प्रिन्सेसको घोषणा

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७४

इभेन्ट बेटर ग्यालेक्सीद्वारा आयोजित १५औं संस्करणको प्रिन्स एन्ड प्रिन्सेस तथा लिटिल प्रिन्स एन्ड प्रिन्सेसमा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूले बाजी मारेका छन् । मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताका मुख्य उपाधि सोही स्कुलका विद्यार्थीहरूले जितेका हुन् ।प्रतियोगितामा प्रिन्सको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्ठा महर्जनले जितेका थिए भने सोहन बुढाथोकी र श्रृंगा श्रेष्ठले फस्ट रनर्सअप तथा आयुष तण्डुकार र तेजुसी तण्डुकारले सेकेण्ड रनर्सअपको उपाधि जिते । लिटिल प्रिन्सको उपाधि भने यूनिक पराजुली तथा लिटिल प्रिन्सेसको उपाधि क्रिस्टिना खड्काले जितेका छन् । लिटिलतर्फ फस्ट रनर्सअपको उपाधि आर्यन मित्तल तथा सोहन पाठकले जिते भने सेकेन्ड रनर्सअपको उपाधि तेजुसी श्रेष्ठ तथा रिजन केसीले जिते । प्रतियोगिताका आयोजक धिरज तण्डुकार तथा अभिमन्यू शर्माका अनुसार अब विजेताहरूले विदेशमा सञ्चालन हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । सुरजनी केसीद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगिताका प्रमुख अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झा थिए ।  

प्रकाशित :फाल्गुन ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्