Teej banner

शुरु भयो बक्स अफिस

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७४

नेपाल चलचित्र बिकास बोर्डले फागुन ७ देखि लागु हुनेगरी बक्स अफिस प्रणाली ‘इ टिकेटिङ’ शुरु गरेको छ । मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी बक्स अफिस प्रणाली लागु भएको जानकारी दिइएको हो ।

सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी उपस्थीत भएका थिए ।

बक्स अफिस सिष्टम बोर्ड मातहतमा रहने छ । जसको संचालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । यस्तै उपत्यका बाहिर संचालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमाझ बताइएको छ । 

उपत्यका भित्र संचालनमा रहेका मल्बीप्लेक्स सिनेमा हलहरुमा फागुनबाट शुरु हुने इ टिकेटिङ सिष्टम बैशाख १ देखि सम्पूर्ण सिनेमा हलहरुमा र श्रावण १ देखि उपत्यका बाहिरका सिनेमा हलहरुमा इ टिकेटिङ सिष्टमा जडान गरिने भएको छ ।  

 

प्रकाशित :फाल्गुन ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्