सुरु भयो जय भोले

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७४

 

पूर्वी नेपाल झापाको अर्जुनधाराबाट चलचित्र ‘जय भोले’को छायांकन सुरु भएको छ । अर्जुनधारा स्थित जलेश्वरधाम शिव मन्दिरमा मुहुर्त सट खिचेसँगै चलचित्रको छायांकन प्रारम्भ भएको हो । यहि चलचित्र मार्फत निर्माता, निर्देशक र अभिनेता अशोक शर्मा चलचित्र निर्देशनमा फर्किएका छन् । 

चलचित्रको मुर्हतमा अभिनेत्री स्वस्तिमा खड्का अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने र बुद्धि तामाङले अभिनय गरेका थिए । मंगलबारबाट छायांकनमा गएको यो चलचित्र आगामी दसैंको फूलपातिमा रिलि जगर्ने घोषणा गरिएको छ । चलचित्रमा सलोन बस्नेत तथा राजाराम पौडेल पनि शिर्ष भूमिकामा देखिने छन् ।  

१ करोड ६० लाखमा निर्माण गर्ने भनिएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ । 

 

 

 

 

प्रकाशित :फाल्गुन ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्