Teej banner

आँचललाई पाउँन पलको अनसन

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७४

प्रणय दिवस भर्खरै सकिएको छ । युवापुस्ता माझ निक्कै नै लोकप्रिय बन्दै गएको यो दिवस विभिन्न किसिमले सेलिब्रेसन भयो । कलाकारहरुले पनि आफ्नै तरिकाले प्रणय दिवस मनाए । प्रणय दिवसकै सेरोफेरोमा सार्वजनिक एक गीतको म्यूजिक भिडियोमा आफ्नै प्रेमीका पाउँ भन्दै अभिनेता पल शाह अनसन बसेका छन् । 

प्रेमले आँचल शर्माको मन जित्न नसकेपछि पलले आमरण अनसन बसेको दृष्य म्यूजिक भिडियोमा देखाईएको छ । यो कथा गायक शिव परियारको पछिल्लो पटक सार्वजनिक भएको गीतको म्यूजिक भिडियोमा समावेश गरिएको हो । गायक परियारको ‘हल्लामै माया’ बोलको गीतको म्यूजिक भिडियो विकास सुवेदीले निर्देशन गरेका छन् । 

गायक परियारको ‘शिवालय’ एल्बममा समावेश उक्त गीत नारद निष्ठुरीले लेखेका हुन् । आशिष अविरलको संगीत रहेको गीतको म्यूजिक भिडियो अनिल के. मानन्धरले छायांकन गरेका छन । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्