हङ्कङका मायालु जोडी

- अनोज रोक्का

फाल्गुन १, २०७४

 

हरेक सफल पुरुषको पछाडी महिलाको हात हुन्छ, महिलाको सफलतामा पनि पुरुषको विशेष भूमिकालाई नर्कान मिल्दैन । महिला र पुरुषबीचको आत्मिक सम्बन्ध विवाहमा गाँसिएपछि जीवन थप उर्जाशिल नभएर पासोको रुपमा महशुस गर्नु नै प्रेमको अन्त्य हुनु हो ।

विवाह र सम्बन्धहरुले त झन प्रेमको आयाम थप्न सक्नुपर्छ । दिएर र लिएर कहिल्यै नसकिने प्रेमको प्यासलाई दिन दुई गुणा र रात चारगुणा बढाउँने जिम्मा ती जोडीको हो, जो प्रेमको आत्मिकतामा बाँधिएका हुन्छन् । विवाहपछी मानिसका असली चरित्र र नकारात्मक पाटाहरु दसैंमा जमराको टुसा उम्रिएसरि भुरुरु देखिन्छन् । तर प्रेमलाई जीवन्त बनाउँन, मायाको अनुभूति महशुस गराउँन यसरी लाग्नुपर्छ जसरी एउटी आमाले रोई रहेको नवजात शिशुलाई काखमा लिएर फुलाउँछीन ।

हङ्कङ सम्भावना र विकासको क्रक्रिटतामा आत्मनिर्भर मुलुक हो । प्रेम, विवाह र सेक्समा उदार हङ्कङमा सम्बन्धहरु छिनभरमै जोडिन्छन् अनि टुट्छन् पनि । तर कतिपय यस्ता सम्बन्धहरु छन् जो समाजका उदाहरणीय बनिरहेका छन् । 

प्रकाश पुन / टीका गुरुङबर्तमान एनआरएनए हङ्कङ अध्यक्ष टीका गुरुङ् र भूपु बिट्रिस आर्मी तथा गोर्खा कन्सट्रक्सन ईन्जिनियरिङ् कम्पनी प्रा.लि.का निर्देशक प्रकाश पुनको विवाह भएको पनि २० बर्ष भयो । सामाजिक काममा सक्रिय टीका नेपाली महिला संघ हङ्कङ लगायत दर्जन बढि संस्थाहरुमा आवद्ध छिन् । श्रीमान प्रकाश पुन पनि आफ्नो ब्यवसायसँगै नेपाली ब्यापार संघ हङ्कङका अध्यक्ष अतिरिक्त विभिन्न सामाजिक संघसस्थामा आवद्ध छन् । 

नेपालको म्याग्दी जिल्ला बेनी बजारबाट कर्म गर्नकै लागि हङ्कङ आएको यो जोडी सामाजिक कर्म र ब्यवसायसँगै वैवाहिक सम्बन्ध र प्रेमलाई अगाडि बढाईरहेका छन । कसरी भ्यालेन्टाई सेलिब्रेट गर्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा ब्यस्त तर हँसिलो चेहरामा देखिने टीकाले भनिन् प्रेम गर्न स्पेशल दिन नै चाहिदैन नि, ब्यस्तताका बीचपनि हामी फोन, म्यासेजबाट एकअर्काको हालखबर बुझिरहेका हुन्छौं, सायद यहि प्रेम हो । प्रेम दिवसका दिन दिर्घायु र सुस्वास्थ्यको कामना चाहिँ अवश्य गर्छौँ । 

२ छोरीका अभिभावक टीका र प्रकाश जीवनलाई सफल बनाउँनका लागि प्रेम सम्बन्धले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन् । विवाह पछि प्रेम मर्दै जान्छ भनिन्छ तर यो जोडीलाई देख्दा त्यस्तो लाग्दैन । प्रायस टिपटपमा देखिने प्रकाशको ड्रेस छनौट टीकाले गर्छिन, प्रकाश पनि कहि यात्राबाट आउँदा टीकाको लागि गिफ्टकोरुपमा कपडा परफियुम ल्याउँन विर्सेदैनन् ।    

राजु गुरुङ् / कबिता गुरुङ्राजु गुरुङ् र कविता गुरुङले फुड एण्ड वेवरेजको ब्यवसायमा आफुलाई स्थापित गरिसकेका छन् । हङ्कङको विभिन्न शहरमा ३ वटा आउटलेट सञ्चालन र अर्को एउटाको तयारीमा छन् राजु र कविता । कविता २० बर्षअघि हङ्कङ आएकी हुन् । मागी विवाह पश्चात राजु पनि हङ्कङ आए, ११ बर्ष लामो वैवाहिक जीवनले २ शुन्दर छोराहरु मात्र दिएन, असिमित खुसी, आत्मीक सन्तुष्टि र सफल ब्यवसायीकताको मानक पनि । 

सुन्दर पोखराबाट हङ्कङ आएपछि सङ्घर्ष र कुशल सहयात्राले स्थापित फुड एण्ड वेवरेजको ब्यवसायले हङ्कङको स्थानिय समुदायमा नेपालीको परिचय फेरिएको छ । ब्यस्त समय, आधुनिकता र प्रतिस्पर्धी बजारमा अभ्यस्त राजु र कविता हरेक हप्ताको आईतबारलाई आफ्नो समय मान्छन् । कामसँगै आत्मीक खुसी पनि महत्वपूर्ण छ, जसरी हामी हाम्रो करियरलाई विशेष मान्छौ परिवार पनि त्यहिसँगै जोडिएको छ । प्रत्येक हप्ताको आईतार हामी सँगै लञ्च, डिनर अनि घुमघाम गरेरै बिताउँछौ, कविता बताउँछिन् । 

ड्रेस सेन्स पर्फेक्ट भएकी कविता श्रीमान राजुको ग्रुमिङ्मा विशेष ध्यान दिन्छिन् । यो भ्यालेन्टाईन डे लाई पनि प्रेममय बनाउँने मुडमा छन् राजु र कविता । एकअर्कामा गिफ्ट आदनप्रदानसँगै रातको डिनर परिवारसहित भेला भई सेलिब्रेट गर्ने योजना रहेको छ । पर्व जहाँको भएपनि प्रेमले हाम्रै जीवनमा उर्जा दिने हो, हामी त खुसी साथ मनाउँछौ, फरासिली कविता भन्छिन् । 

रोशन लिम्बु / ममिता गुरुङ् 

२३ बर्षअघि पूर्वी धरानबाट हङ्कङ आएका मिस्टर हङकङ (१९९८) रोशन गुरुङ र मिस हङ्कङ नेपाल (२०००) ममिता गुरुङ्को विवाह भएको पनि १५ बर्ष भयो । हङ्कङको नेपाली समाजमा पर्फेक्ट जोडीको उपमा पाएका रोशन र ममिताको भ्यालेन्टाईन स्पेशल हुने गर्छ । प्रेम विवाह गरेका यी जोडीको विवाहपूर्व टाढा टाढा घुम्न जाने, एकअर्काको आलिङ्गनमा समय बिताउँने, गिफ्ट आदनप्रदान गर्ने खुवै हुन्थ्यो । समयसँगै छोरा रौनक र छोरी महिमाको जिम्मेवारी पनि वहन गरिरहेका छौँ, अवको डेट परिवारसँग हुन्छ । सायद यो पनि प्रेमको अर्को पाटो होला । 

यस पटकको भ्यालेन्टाईनलाई विशेष बनाउन रोशन र ममिताले पनि योजना बनाएका छन् । भन्छन् ब्यस्त समयको बावजुत पनि कामबाट बचेको समय परिवारसँग साँझ डिनर जान्छौँ, एकअर्कामा सरप्राईज गिफ्ट त छदै छ नी । 

शिव लामिछाने / रीना राईबराह ज्वेलरी ईण्डिष्ट्रीज प्रा.लीका अध्यक्ष, गायक शिव लामिछाने र बराह ज्वेलरी हङकङ शाखाकी निर्देशक रीना राईको विवाह भएको पनि १६ बर्ष बित्यो । २४ बर्ष लामो ईतिहास बोकेको बराह ज्वेलरी ब्राण्डको रुपमा स्थापित भईसकेको छ । पछिल्लो समय ज्वेलरी मात्र नभएर ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न सेवासुविधाका आउटलेटहरुको विस्तार गरिसकेको छ वराह ज्वेलरीले । ब्यवसायको कारणले अधिकांश समय शिव र रीनाको भेट हुदैन, ‘प्रेम त मनमा हुन्छ उनको एउटा म्यासेज नै काफी हुन्छ नी फरासिली रीना बताउँछिन् ।’ 

नेपालका विभिन्न शहर, युके, हङ्कङ, दुबई लगायतमा शाखा विस्तार गरिसकेको छ बराहले । शिव नेपाल लगायत विभिन्न देशमा छरिएका शाखाहरुलाई कोअर्डिनेट गर्छन भने रीना हङ्कङ शाखा प्रमुख भएर ब्यवसायलाई अगाडी बढाईरहेकी छिन् । गायक शिवको फ्यान नै हुन् रीना, उनको मधुर आवाजले आजसम्म रीनालाई संगितप्रति आशक्त बनाएको छ । जतिबेला हामी भर्खर प्रेममा पर्दै थियौ, त्यो समय भ्यालेन्टाईन विशेष हुन्थ्यो, अहिलेपनि विशेष छ तर हाम्रो तीनजना नानीहरु एक छोरा र दुई छोरी पनि छन् अलिअलि माया बाडिन्छ नी हैन ? रीना भन्छिन् । यो पटकको भ्यालेन्टाईमा भेट नभएपनि फोनबाट शुभकामना आदनप्रदान गर्ने अनि साँझमा नानीहरुसँग सेलिब्रेट गर्ने योजना छ रीनाको ।  

 

 

 

प्रकाशित :फाल्गुन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्