Teej banner

भ्यालेन्टाइन डे मेकओभर

- रोजिन शाक्य

फाल्गुन १, २०७४

 

रोमान्टिक वातावरणमा मेकओभरको भूमिका महत्वपूर्ण हुन्छ । आकर्षक एवं सुन्दर व्यक्तित्वमा थप निखार ल्याउन यो विशेष अवसरमा अझ बढी जागरुक हुनु राम्रो हुन्छ ।

 

प्रीति पिंक मेकअप

आँखा : आँखालाई आकर्षक लुक प्रदान गर्न ब्राउन शिमर आइस्याडो लगाउनुपर्छ । त्यसपछि इनभिजिबल आइलाइनर प्रयोग गर्नु उपयुक्त हुन्छ । 

गाला : गालालाई हाइलाइट गर्न क्रिम पर्ल ब्लसर प्रयोग गर्नुपर्छ ।

ओठ : ओठमा पिंक सेडको लिपस्टिक अप्लाई गर्नुपर्छ । त्यसपछि ट्रान्सपरेन्ट ग्लसको कोट लगाउनुपर्छ ।

ब्ल्याक म्याजिक मेकअप

आँखा : आँखाको मेकअपलाई ग्ल्यामरस लुक प्रदान गर्न ग्रे सेडको आइस्याडो प्रयोग गर्नुपर्छ । त्यसपछि सिल्भर वा व्हाइट आइस्याडो अप्लाई गरी ब्लेन्ड गर्नुपर्छ । 

गाला : गालामा पीच वा बेबी पिंक ब्लसर अप्लाई गर्नु उपयुक्त हुन्छ ।

ओठ : ओठमा लाइट पिंक सेडको लिप कलर लगाउनुपर्छ र ट्रान्सपरेन्ट ग्लसले फाइनल टच दिनुपर्छ ।

सिट्रस इफेक्ट मेकअप

आँखा : आँखाको मेकअपका लागि ओरेन्ज म्याट आइस्याडो प्रयोग गर्नुपर्छ ।

गाला : गालालाई हाइलाइट गर्न क्रिम पर्ल ब्लसर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

ओठ : ओठको मेकअपका लागि स्मज प्रुफ रोज कोरल लिपस्टिक अप्लाई गर्नुपर्छ ।

ग्ल्यामर क्विन मेकअप

आँखा : सबैभन्दा पहिले आइलाइनर लगाउनुपर्छ । त्यसपछि कार्बन मेट आइस्याडो अप्लाई गर्नुपर्छ । यसलाई लाइट ब्राउन सेडसित स्मज गर्नुपर्छ र कम्प्लिट लुकका लागि मस्कारा प्रयोग गर्नुपर्छ ।

गाला : गालामा सफ्ट पिंक ब्लसर प्रयोग गर्नुपर्छ ।

ओठ : सेक्सी ओठका लागि डार्क पिंक लिपस्टिक लगाउनुपर्छ ।

बोल्ड एन्ड ब्युटिफुल मेकअप

आँखा : ज्वेल टोन भेलभेट आइस्याडो अप्लाई गर्नुपर्छ । त्यसपछि मस्कारा र ट्रान्सपरेन्ट आइलाइनर प्रयोग गर्नुपर्छ । 

गाला : सफ्ट पिंक ब्लसर अप्लाई गर्नुपर्छ ।

ओठ : ओठमा न्युड ग्लस अप्लाई गर्नु उपयुक्त हुन्छ । यो अवसरमा अन्य लुक पनि अपनाउन सकिन्छ ।

सिम्पल लुक

यो लुकका लागि सबैभन्दा पहिले बेस मेकअप गर्नुपर्छ । त्यसपछि आँखाको मेकअप प्रारम्भ गर्नुपर्छ । पहिले एलो आइस्याडो प्रयोग गर्नुपर्छ । त्यसपश्चात् ब्ल्याक आइलाइनर अप्लाई गर्नुपर्छ । अन्तमा ब्ल्याक मस्कारा लगाएर आई मेकअपलाई पूर्णता दिनुपर्छ ।सफ्ट लुकका लागि लाइट पिंक सेडको लिपस्टिक लगाउनुपर्छ । त्यसपछि पिंक लिप ग्लस अप्लाई गर्नुपर्छ ।

पार्टी टाइम लुक

यो लुकका लागि बेस मेकअपपश्चात् पर्पल आइस्याडो लगाउनुपर्छ । त्यसपछि दुवै आइलिडमा ब्ल्याक आइलाइनर अप्लाई गर्नुपर्छ । अन्तमा ब्ल्याक मस्कारा लगाएर आई मेकअपलाई फाइनल टच प्रदान गर्नुपर्छ ।ओठमा कोरल पिच कलरको लिपस्टिक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

रोयल लुक 

यो लुकका लागि आँखाको मेकअप हल्का राख्नुपर्छ । सबैभन्दा पहिले लाइट ओरेन्ज आइस्याडो लगाउनुपर्छ । त्यसपश्चात् हल्का गाजल प्रयोग गर्नुपर्छ । अन्तमा मस्कारा लगाएर आइ मेकअपलाई पूर्णता प्रदान गर्नुपर्छ । ओठलाई नेचुरल लुक दिन पिच कलरको लिपस्टिक लगाएर ट्रान्सपरेन्ट लिप ग्लस लगाउनुपर्छ ।

 

प्रकाशित :फाल्गुन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्