बालापनको खेल

- साप्ताहिक संवाददाता

माघ २९, २०७४

 

धेरै मान्छेलाई आफ्नो बालापन असाध्यै प्यारो लाग्छ । जति नै प्यारो लागे पनि उमेरसँगै छुटेर जान्छन् बालापनका खुशीहरु । तर, हरेक मान्छेले आफ्नो बालापन सम्झिएकै हुन्छ । त्यहि बालापनको सम्झना गर्दै सञ्चारकर्मी दीपेन्द्र घिमिरेले कोरेका शब्द सहितको गीत सार्वजनिक भएको छ । घिमिरेका शब्दमा स्वर तथा संगीत भरेका छन् एस.डि. योगीले । योगीलाई गायनमा साथ दिएकी छिन् श्रुति योगीले । 

‘धान कुटी मकै भुटी’बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा भिमफेदी गाईज र बेबो आचार्य लाई फिचर गरिएको छ । निर्मल लामा (बीजी)ले निर्देशन गरेको म्यूजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन तथा प्रबिन श्रेष्ठको सम्पादन रहेको छ । म्यूजिक भिडियो चन्द्र गौतमले निर्माण गरेका हुन् । 

 ‘धान कुटी मकै भुटी’को म्यूजिक भिडियो :

प्रकाशित :माघ २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्