आकर्षक १० महिला

- जनक तिमिल्सिना

माघ २९, २०७४

हिमानी शाह अग्लो सिलित्त परेको जीउडाल, गोरो लाम्चो अनुहार र त्यसमा विशेष गरी बुनिएको बब शैलीको केस राशिमा पूर्वयुवराज्ञी हिमानी शाह परीझैं देखिन्छिन् । ४३ वर्षको उमेरमा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । प्राय: सारी, चोलोमा सार्वजनिक हुने हिमानीको ‘ह्दयस्पर्शी मुस्कान’का प्रशंसक लाखौं छन् । राजस्थानको पूर्वराजघरानासँग सम्बद्ध भए पनि काठमाडौंमा जन्मिएर यहीं हुर्किएकी ‘सदाबहार सुन्दरी’ हिमानीको शालिनता एवं नम्र व्यवहारले सबैलाई मोहित तुल्याउँछ । हिमानी ट्रष्टमार्फत गर्ने समाजसेवाले उनको व्यक्तित्वलाई थप उचाइमा पुर्‍याएको छ ।

 साम्राज्ञी राज्यलक्ष्मी शाह सन् २०१४ मा फेस अफ क्लासिक डाइमन्ड ज्वेलरीमा दोस्रो भएदेखि नै साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा हुने गरेको छ । स्नातक तहमा अध्ययनरत साम्राज्ञी वीरगन्जमा जन्मिएकी हुन् । सफल चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञीको दोस्रो चलचित्र ‘ए मेरो हजुर—२’ पनि हिट भयो । ‘मंगलम’मा विशेष भूमिकामा प्रस्तुत भएकी शाहका ‘तिमीसँग’ प्रदर्शनको क्रममा छ भने ‘इन्टु मिन्टु लण्डनमा’ र ‘कायरा’को छायांकन भैरहेको छ । सेक्सी फिगर, आकर्षक शारीरिक लुक, आम युवतीभन्दा पृथक र सौम्य उपस्थितिका कारण उनी युवाहरूको धड्कन बनेकी छिन् ।

 

प्रियंका कार्कीभर्सटाइल अभिनेत्री हुन्— प्रियंका कार्की । अपिलिङ स्टारडम र आकर्षण लुक्स उनका खास आकर्षण हुन् । सन् २००५ मा मिस टिनको उपाधि जितेपछि चर्चामा आएकी प्रियंकाले ‘घरबेटी बा’बाट अभिनययात्रा प्रारम्भ गरेकी हुन् । ‘मेरो ‘ब्रेस्ट फ्रेन्ड’मार्फत चलचित्रमा भित्रिएकी प्रियंका अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्री मानिन्छन् । फिल्म मेकिङमा युनिभर्सिटी अफ नर्थ एलाबा, अमेरिकाबाट स्नातक गरेकी प्रियंका अभिनेत्रीसँगै भिजे, कार्यक्रम प्रस्तोता, प्रोड्युसर, कोरियोग्राफर, गायिका, मोडल तथा डान्सर पनि हुन् ।

 

 केकी अधिकारी केकी अधिकारीलाई ‘क्युट लुक’ भएकी नायिकाका रूपमा चिनिन्छ । त्यसबाहेक वजनदार व्यक्तित्व एवं वौद्धिक छविले उनलाई अन्य नायिकाभन्दा भिन्न रूपमा प्रस्तुत गर्छ । एमबीए गरेकी केकीले म्युजिक भिडियो हुँदैं सन् २००९ मा चलचित्र ‘स्वर’बाट डेब्यु गरेकी हुन् । काठमाडौंको जोरपाटीमा जन्मिएकी २८ वर्षीया केकी पढ्न–लेख्न रुचि राख्ने तथा सामाजिक घटनाक्रम माथि निरन्तर टिप्पणी गरिरहने फरक छविका कारण पनि सुपरिचित छिन् ।

 

अदिती बुढाथोकी ‘बोल्ड एण्ड ब्युटिफूल’ देखिनु अदिती बुढाथोकीको सौन्दर्यको मुख्य विशेषता हो । केही समय मुम्बईमा बसेर बलिउड तथा दक्षिण भारतीय चलचित्रमा अवसरको खोजी गर्ने २६ वर्षीया यी सुन्दरीले केही हिन्दी गीतका म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ब्याचलर्स सकेकी बूढानीलकण्ठकी अदिती ५ फिट ५ इन्च अग्ली छिन् । फेसन डिजाइनर आमाकी छोरी भएकाले पनि होला अदितीको फेसन सेन्स निकै राम्रो छ । फिट रहन जिम तथा योग गर्ने अदिती भेजिटिरियन हुन् । ‘कृ’ बाट चलचित्रमा डेब्यु गर्ने तयारीमा रहेकी बुढाथोकी सामाजिक सञ्जालमा समेत लोकप्रिय छिन् ।

यो पनि पढ्नुहोस् :

सर्वाधिक आकर्षक महिला–पुरुष

इन्दिरा जोशी ५ फिट ७ इन्च अग्ली इन्दिरा जोशी पप गायनमा सर्वाधिक रुचाइएको नाम हो । ‘स्टेज क्वीन’को विशेषण पाएकी जोशी स्टेजमा गर्ने नृत्य एवं आकर्षक ठुम्काका कारण ‘नेपाली साकिरा’का रूपमा समेत चिनिन्छिन् । आकर्षण जीउडालकी धनी इन्दिरा पप, आधुनिक मात्र होइन, चलचित्रको पाश्र्व गायनमा समेत उत्तिकै सफल छिन् । नवलपरासीकी इन्दिरा रियालिटी शो ‘नेपाली तारा’ हुँदै गायनको संसारमा भित्रिएकी हुन् ।

 

 दीपिका प्रसाईंअभिनेत्री दीपिका प्रसाईंले पहिलो चलचित्र ‘ऐश्वर्या’बाट बेग्लै छाप छाडेकी छिन् । ‘बोल्ड लुक’का कारण फरक पहिचान स्थापित गरिसकेकी दीपिका विभिन्न म्यागजिनका आवरण तथा केही एडमा देखा परिसकेकी छिन् । ५ फिट ६ इन्च अग्ली दीपिका अहिले टिभिसी तथा पेपर एडहरूमा काम गरिरहेकी छिन् । ‘बलिउड फ्लेवर’को अनुहार भएकी प्रसाईंको सुन्दरताका प्रशंसक पनि उत्तिकै छन् । धनगढीकी २२ वर्षीया दीपिका त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिस्ट्ेरसनमा मास्टर्स गर्दैछिन् ।

 

निकिता चाण्डक सन् २०१७ की नेपाल सुन्दरी हुन्— नीकिता चाण्डक । १९ जना प्रतिस्पर्धीलाई पछाडि छाड्दै मिस नेपालको उपाधि जितेकी निकीताको घर उर्लाबारी, मोरङ हो । २३ वर्षीया नीकिताले भारतबाट फेसन टेक्नोलोजीमा ग्राजुएसन गरेकी छिन् । ५ फिट ९ इन्च अग्ली नीकितालाई सकारात्मक सोचले भरिएकी सुन्दरीका रूपमा लिइन्छ ।

 

सृष्टि श्रेष्ठ 

आकर्षक शारिरीक बनावटका कारण सुन्दर अभिनेत्री मानिन्छिन्— सृष्टि श्रेष्ठ । ‘गाजलु’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी सृष्टि चितवनमा जन्मिएकी हुन् । सन् २०१२ की २९ वर्षीया नेपाल सुन्दरी सृष्टि बलिउड अनप्लगड म्युजिक भिडियो ‘कभी जो बादल बरसे...’ मा अभिनय गरेपछि थप चर्चामा आएकी थिइन । सेक्सी फिगर तथा ओठको विशेष आकर्षणका कारण उनी धेरै पुरुषको रोजाइमा पर्छिन् ।

 

रञ्जु दर्शना

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार भएपछि चर्चामा आएकी हुन— रञ्जु दर्शना । सुन्दर र सभ्य सहर निर्माणका लागि उम्मेदवारी दिएको बताउने रन्जुले २३ हजारभन्दा बढी मत पाएपछि उनको चर्चा थप चुलियो । सरल स्वभावकी रन्जु २०५२ सालमा काठमाडौंमा जन्मिएकी हुन् । उनी डेभलपमेन्ट स्टडिजमा ब्याचलर्स गर्दैछिन् । राजनीतिप्रति युवाहरूको मोह भंग भैरहेका बेला रन्जुको सकारात्मक सोच एवं साहसको सर्वत्र प्रशंसा हुने गरेको छ ।

आकर्षक १० पुरुष

 

प्रकाशित :माघ २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्