रोजीका २ एल्बम र किताव एकसाथ

- साप्ताहिक संवाददाता

माघ २९, २०७४

                  

गीतकार रोजी लाबुङ राई पुस्तक र एल्बम एकसाथ लिएर बजारमा आएकी छिन् । वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको प्रमुख आथित्यता र गीतकार उन्नती बोहरा ‘शिला’ को विशिष्ट आथित्यतामा एल्वम ‘रोजाई, समन्वय र पुस्तक सोचाइ’को एकसाथ बिमोचन गरिएको हो । 

एल्वम ‘रोजाई’मा ७ गीत समावेश छन् । माया दिए, ओ परदेशी, भुल गरे, म सधै सधै, अब म मर्छु होला, सुनसान रातको र डन्ट लाइक योर बानी लगायतका गीत समावेश छन् ।

एल्वममा रामकृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेश पायल राईको स्वर रहेको छ । बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, तारा प्रकाश लिम्बु र  महेश खड्कले एल्वमका गीतमा संगीत गरेका छन् ।

 

प्रकाशित :माघ २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्