अनमोलले हलमा राष्ट्रिय गान गाएपछि...

- साप्ताहिक संवाददाता

माघ २९, २०७४

 

अनमोल केसी स्टार चलचित्र ‘कृ’ले चलचित्र घरहरुमा आक्रामक व्यापार गरिरहेको छ । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हलमा दर्शकको बाक्लो उपस्थिती देखिएको थियो । दर्शकको उपस्थितीले पनि चलचित्रको कमाईको आँकलन गर्न सकिन्छ । 

गोपिकृष्ण मुभिजमा बिहानी शोमा मात्रै ४ वटा हल हाउफूल रहेका थिए । दिउँसो पनि ६ वटा पर्दामा हाउसफुल व्यापार गरेको चलचित्र ‘कृ’ पहिलो पटक एकसाथ ६ वटा पर्दामा लागेको चलचित्र हो । 

काठमाण्डौको अष्टनारायण हलमा बिहानी शोदेखि रात्रीकालिन शोसम्म ४ वटै पर्दामा ‘कृ’ हाउसफूल चलिरहेका छन् । हिन्दी चलचित्रलाई हटाएर दिनभर अष्टनारायणका ४ वटै पर्दामा नेपाली चलचित्र ‘कृ’ देखाइएको थियो ।

काठमाण्डौका क्यूएफएक्स, बीग मुभिज, एफक्यूब, बीएसआर जस्ता मल्टिप्लेक्स हलमा पनि चलचित्र दिनभरी नै शत प्रतिशत व्यापार गर्न सफल रह्यो । काठमाण्डौं बाहिर पनि चलचित्रको व्यापार आक्रामक रहेको वितरक र निर्माताले बताएका छन् । काठमाण्डौं बाहिरका पोखरा, चितवन, वुटवल, नेपालगञ्ज, इटहरी, विर्तामोड, धरान, दमक, हेटौडामा पनि चलचित्रले उच्च कलेक्शन गर्न सफल भएको छ ।

हलमा अनमोलको यस्तो क्रेज

अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकी शनिबार काठमाण्डौका २ हलमा पुगे । दिउँसो सवा १ बजे काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका अनमोल र अदितीलाई ६ जना बडिगार्डको सुरक्षा दिइएको थियो ।

अगाडि प्रहरीको भ्यान र पछाडि ६ जना बडिगार्डको सुरक्षामा हल पुगेका अनमोल र अदितीलाई दर्शकको भिडबाट निकाल्न हम्मेहम्मे परेको थियो । अनमोललाई देखेर धेरै यूवती रोएका थिए भने कतिपयले अटोग्राफ मागे । गाडीबाट हलसम्म पुग्न अनमोललाई लामो समय लाग्यो । दर्शक गाडीमै चढेपछि अनमोल बाहिर निस्किएर सबैलाई अभिभावदन गरे र धन्यबाद भनेका थिए ।

दर्शकको भीडमा अनमोलले ‘आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ’ भन्दै उनले राष्ट्रिय गान गाएका थिए । अनमोलले राष्ट्रिय गान गाउँदा उनीसँगै हलमा पुगेका दर्शकले पनि गाएका थिए । 

प्रकाशित :माघ २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्