दिपुको भ्यालेन्टाईन गिफ्ट

- साप्ताहिक संवाददाता

माघ २९, २०७४

 

प्रेम दिवस (भ्यालेन्टाईन डे) नजिकिंदै गर्दा दिपु न्यौपानेले रोमान्टिक गीत ‘वि माई भ्यालेन्टाईन’ सार्वजनिक गरेका छन् । दिपुकै स्वर तथा सुनिल थापाको म्यूजिक रहेको उक्त गीतको एरेन्जर फडिन्द्र राईले गरेका छन् ।  

गीतको म्यूजिक भिडियोमा अमृत केसी र स्नेहा शर्माले अभिनय गरेका छन् ।  श्रीराज ईन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत राजीव बलामीले निर्देशक गरेका हुन् । 

म्यूजिक भिडियोमा भ्यालेन्टाईन केक काटेर गुलाफ साटासाट गरी उनीहरुले औंठी साटेरै भ्यालेन्टाईन मनाएको दृष्य फिचरिङ गरिएको छ ।

 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :माघ २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्