Teej banner

प्रेमविवाह

  • दीपक घिमिरे, मोडल

- साप्ताहिक संवाददाता

माघ २८, २०७४

गीत नै छ नि, ‘मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ ।’ टिनएजदेखि अहिलेसम्म धेरैले मन पराए, मैले पनि केहीलाई मन पराएँ, तर मेरो जुनीमा उनी यसरी आइन् कि मन पराउने मात्र होइन, मेरो मन नै चोरेर लगिन् । २०६४ सालमा विराटनगरको सरस्वती पुजा मेरा लागि जीवनको बहुमूल्य दिन भएर आयो । विराटनगर मलाई मन पर्ने ठाउँमध्येको एक, त्यहाँ पुगेपछि म सोच्थेँ— यो ठाउँमा घरजम गर्न पाए कस्तो हुन्थ्यो होला ? म कार्यक्रमको सिलसिलामा विराटनगर पुगिरहन्थें । त्यतिबेला संजोगले सरस्वती पूजाको दिन परेको रहेछ । उनीसँग देखादेख भयो । उनी अर्थात् मेरी अर्धागिंनी प्रियंका ।

काठमाडौंमै अध्ययन गरिरहेकी उनी छुट्टी मनाउन घर पुगेकी थिइन् । विराटनगरको आँखा जुधाइपछि मैले उनलाई सम्झिरहेँ । फेरि कहिले भेट्न पाउँछु भन्ने एकप्रकारको चाहना पनि थियो मनमा । केही समयपछि मैले उनलाई काठमाडौंमा देखेँ, केएमसी कलेजमा । उनी उक्त कलेजबाट स्नातकोत्तर गर्दै रै’छिन् । विराटनगरमा देखिएको कुराबाट परिचय आदानप्रदान भयो अनि भेटघाट पनि बढ्दै गयो ।

निरन्तर भेटघाट र बोलचालपछि थाहा भयो, उनको र मेरो संसार बेग्लै रहेछ । म फेसनको पारखी उनी किताबकी अम्मली । फेसनको तडकभडकमा अल्झिरहेको यो दीपकलाई उनको बेग्लै संसारले लोभ्यायो । हामीले विवाह गर्ने निधो गर्यौं । 

 

 

प्रकाशित :माघ २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्