भ्यालेन्टाइन डेमा घुम्न जाँदा

- साप्ताहिक संवाददाता

माघ २७, २०७४

 

 भ्यालेन्टाइन डेमा घुम्न रोमाञ्चक तथा नौलो ठाउँ छनौट गर्नुपर्छ । 

 

 यो दिन पर्यटकीय स्थल ठमेल, दरबारमार्ग, झम्सीखेल आदि स्थान घुम्न सकिन्छ । 

 

 स्पेसल माउन्टेन फ्लाइटमा प्रेमी–प्रेमिका तथा विवाहित श्रीमान्–श्रीमती घुमफिर

गरेर पनि भ्यालेन्टाइन डे मनाउन सकिन्छ । 

 

 ठमेलको स्वप्न बगैंचा, भृकुटीमण्डप, फन पार्क आदि स्थान पनि उपयुक्त गन्तव्य हुन सक्छन् ।

 

 काठमाडौंका पाँचतारे होटलदेखि अन्य होटलमा पनि भ्यालेन्टाइन डेलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू आयोजित गरिन्छन्, जहाँ आफ्नो जोडीसँग सहभागी हुन सकिन्छ । 

 

 यो दिन रेस्टुराँहरूले समेत विशेष कार्यक्रम राख्छन् । 

 

 रोमाञ्चक स्थान वा प्रेम प्रस्तावका लागि उपयुक्त स्थान छनौट गर्नुपर्छ । भ्यालेन्टाइन डेटिङमा रातो गुलाफको फूल उपहार प्रदान गर्दा वातावरण अझ रोमाञ्चक हुन्छ ।

प्रकाशित :माघ २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्