प्रणय उपहार उपहार

- साप्ताहिक संवाददाता

माघ २७, २०७४

 

अहिले प्राय सबैलाई प्रणय दिवसले छोएको छ । पछिल्लो समय प्रणय दिवसलाई सेलिब्रेसनका साथ मनाउने प्रचलन बढ्दै गएको छ । तर, पहिलो पटक प्रेममा परेर प्रणय दिवस मनाउँदै गरेका कतिपय जोडीलाई के उपहार कसरी दिने भन्ने अन्यौल हुन सक्छ । 

 यो दिन दिइएको उपहारको महत्व अन्य दिनको उपहारको तुलनामा महत्वपूर्ण हुन्छ । 

 

 अधिकांश गिफ्ट सप वा बुके सपमा प्रेमको प्रतीक चिह्न पानको पात आकारको उपहार, बेलुन तथा गुलाफका फूलहरू उपलब्ध हुन्छन् । यो दिन सबैतिरको वातावरण प्रेममय हुन्छ भने गुलाफको फूल पनि निकै बिक्री हुने सम्बद्ध व्यवसायीहरू बताउँछन् । 

 

 एक सर्वेक्षणअनुसार भ्यालेन्टाइन डेमा महिलाको तुलनामा पुरुषले बढी खर्च गर्छन् । पुरुषहरूले आफ्नो पार्टनरप्रति विशेष माया दर्साउन खर्चिलो योजना बनाएका हुन्छन् भने उनीहरूले महँगा उपहारसमेत खरिद गर्छन् ।

 

 यो दिन फूल, चकलेट तथा पहिरन पनि उपहारका रूपमा प्रदान गर्न सकिन्छ । 

 

 युवा–युवती दुवैले आफ्ना पार्टनरलाई मोबाइल, ग्याजेट, पर्फयुम, बडी स्प्रे, पर्स आदि पनि उपहारका रूपमा प्रदान गर्न सक्छन् । 

 

 हिजोआज विभिन्न अनलाइनमार्फत पनि प्रेमी–प्रेमिकालाई सरप्राइज उपहार अर्डर गर्ने चलन छ । 

प्रकाशित :माघ २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्