माघ २६ देखि फागुन ३ गतेसम्मको राशिफल

  • फागुन १ गते : महाशिवरात्रि । फागुन २ गते : भ्यालेन्टाइन डे ।

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

माघ २६, २०७४

मेष 

पेसा तथा ओहदा अनुरूप कार्य दक्षता प्रदर्शन नगरे मूल्यांकनमा पछि परिने सम्भावना छ । प्रेमिकाले हितैषी साथीहरूको काम फत्ते गर्न सहयोग माग्नेछिन् । टोल सुधारका कार्यक्रममा समय खर्चनुपर्ने हुनसक्छ । सामाजिक कार्य जिम्मेवारीपूर्वक सम्पन्न गर्नुमै आफ्नो भलाइ छ । 

वृष 

प्रेमी–प्रेमिका प्रणयसूत्रमा बाँधिन अझै केही समय लाग्न सक्छ । प्राविधिक प्रदर्शनी तथा सामाजिक सभा–सम्मेलनमा समय खर्चनुपर्ने हुन सक्छ । विपक्षीले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चा गरे पनि बाधा–अड्चन पुर्‍याउन सक्ने छैनन । प्रयास दोहोर्‍याए बिनालगानी विदेशी भूमिमा अध्ययनको अवसर प्राप्त हुनेछ । सेतो रंग प्रयोग गर्दा विशेष फाइदा लिन सकिन्छ । 

मिथुन 

मायालुसँग केही दिनको अन्तरालमा भेटघाट हुनेछ । खानपान एवं जीवनचर्याले स्वास्थमा गडबडी निम्त्याउन सक्छ । बुधबारपछिका दिनमा सहयोगको नाटक गर्नेहरूले फन्दामा पार्ने षड्यन्त्र गर्न सक्छन । विद्युतीय उपकरण सञ्चालन गर्दा होस पुर्‍याउनुहोला । 

कर्कट 

प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले उचाइमा पुर्‍याउनेछ । प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । विदेश भ्रमणको अवसर जुट्ने सम्भावना छ । आफ्नो क्षमताले उचित स्थान प्राप्त गर्नुका साथै पदोन्नतिको ढोका खोल्नेछ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्‍याउन सक्छ । गणेश भगवानको आराधना गर्दा विघ्नहरू समाप्त हुनेछन् । 

सिंह 

साथीबाट विशेष उपहार प्राप्त हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो त्रुटि औंल्याइदिँदा पुन: सोही कार्यमा समय खर्चनुपर्ने हुन्छ । भौतिक साधन खरिद गर्ने साइत जुर्न सक्छ । सरोकार नभएको विषयमा फजुल खर्च हुने योग छ । सामाजिक क्षेत्रमा गरिएको कार्यले प्रतिष्ठा बढाउनेछ । असहयोगी पारिवारिक स्थितिबाट उम्कन अझै केही समय कुर्नु पर्ने हुनसक्छ । 

कन्या 

आर्थिक हैरानीबाट उम्कन प्रेमिकाले सहयोग गर्नेछिन् । अध्ययनका निम्ति विदेश जाने अवसर प्राप्त हुन सक्छ । गुप्त शत्रुले छवि बिगार्ने षड्यन्त्र गरे पनि अभिभावकको सुझाव अवलम्बन गर्दा उक्त षड्यन्त्र परास्त हुनेछ । बुधबार र बिहीबार सतर्कतापूर्वक कार्य गर्नुहोला । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । 

तुला 

रोजगारीको प्रतिस्पर्धामा सहजै सफलता हात पर्नेछ । फरक ढंगले जीवन निर्वाह गर्ने मनोवृत्ति विकसित हुनसक्छ । अभिभावकहरूसँग मतभेद हुँदा मन खिन्न हुनेछ । बिना योजना आकस्मिक यात्रामा सहभागी भइनेछ । भोजभतेरमा अनिवार्य उपस्थिति हुनुपर्ने बाध्यात्मक निमन्त्रणा प्राप्त होला ।

वृश्चिक 

अलोचनालाई सकारात्मक रूपमा लिन सके सहजै उचाइमा पुगिनेछ । स–साना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छ, हेक्का राखी कार्य सम्पादन गर्नु होला । मान्यजन तथा परिवारका सदस्यले तपाईंको लगनगाँठो निर्धारण गर्ने सम्भावना छ । हरियो रंगलाई प्राथमिकतामा राखे फाइदै होला । 

धनु 

साता खर्चिलो रहनेछ । प्रेमिका तथा नातेदारहरूलाई उपहार प्रदान गर्न राम्रै धन खर्च गर्नुपर्ने हुनसक्छ । आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । भ्रमण गर्दा अत्यावश्यक खर्चको जोहो गर्नुहोला । नीलो रंगले शुभ फल प्राप्त गर्नेछ ।

मकर 

उपलब्धि हात पार्न थप मेहनतको आवश्यकता छ । मन पराउने व्यक्तिका सामु स्वभाविक व्यवहार गर्नुमै आफ्नो भलो छ । विदेश यात्राको सम्भावना टरेको छैन । साथीहरूसँग घुमफिर तथा गफगाफमा समय व्यतीत गर्दा प्रेमिका भने चिढिनेछिन्  । साताको अन्त्यमा रोजगारीको चिन्ताले पिरोल्न सक्छ । 

कुम्भ 

प्रेम–प्रेमिकाबीचको खटपटमा मल्हम लगाउन सेतो रंगको उपहार प्रदान गर्नु उपयुक्त हुन्छ । हात लागेका अवसरहरूलाई निरन्तरता दिन सके भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ । चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनु होला । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ । 

मीन 

मनोरञ्जनका क्रममा भेटिएका विपरीतलिंगीहरूले मन पराएको भावना व्यक्त गर्ने सम्भावना छ । साथीभाइहरूले सहयोग गर्न तत्पर देखाउनेछन् । आफन्तहरूसँगको भेटघाटबीच साता रमाइलासँग बित्नेछ । पूर्व दिशाको यात्रालाई प्राथमिक दिए नयाँ अवसर प्राप्त हुनसक्छ । 

प्रकाशित :माघ २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्