माल्कोभाको पक्षमा

- एजेन्सी

माघ २५, २०७४

बलिउडमा चलचित्र ‘पद्मावत’ सँगै अनलाइन रिलिज भएको रामगोपाल वर्माको चलचित्र ‘गड सेक्स एन्ड ट्रूथ’ पनि चर्चासँगै विवादमा आएको छ । पोर्न चलचित्रकी अभिनेत्री मिया माल्कोभाले मुख्य भूमिका निर्वाह गरेका कारण भारतमा उक्त चलचित्रको विरोध भएको हो । आफूले निर्देशन गरेको चलचित्रको विरोध भएलगत्तै निर्देशक वर्माले अभिनेत्री मिया माल्कोभाको पक्षमा ट्विट लेखेका छन् ।

उनका अनुसार आफूले निर्माण गरेको चलचित्रको विरोध गर्नुपर्ने कुनै कारण छैन । ‘पद्मावत एउटा ऐतिहासिक विवाद हो भने गड, सेक्स एन्ड ट्रूथ एउटा सामाजिक विवाद हो, वर्माले लेखेका छन्– ‘इन्टरनेटमा लाखौं पोर्न चलचित्र उपलब्ध हुँदा कसैलाई टाउको दुख्दैन, मैले यौनमा आधारित चलचित्र बनाउनेबित्तिकै सबैको टाउको दुख्छ, किनभने यो मैले बनाएको चलचित्र हो ।’

वर्माले आफ्नो चलचित्र प्रदर्शन भएलगत्तै अभिनेत्री मिया मल्कोभालाई गुगलमा खोज्नेहरूको संख्या ह्वात्तै बढेको कुरा मात्र उल्लेख गरेका छैनन्, ट्विटरमा एउटा इन्फोग्राफ प्रस्तुत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा धनाढ्य मुकेश अम्बानीभन्दा मियालाई खोज्नेहरूको संख्या बढिरहेको कुरा उल्लेख गरेका छन् ।

 

प्रकाशित :माघ २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्