चन्दा माग्दा ज्यान मार्ने धम्की

- साप्ताहिक संवाददाता

माघ २४, २०७४

सबै युवतीले चाहेर मात्र स्तन ठूलो बनाउँदैनन् । कसै–कसैको स्तन नचाहँदा–नचाहँदै पनि ठूलो भैदिन्छ । स्कटल्यान्डकी एक युवतीको स्तन लगातार बढ्न थालेपछि उनलाई समस्या माथि समस्या भएको छ । 

१३ वर्षको उमेरमै डीडी साइजको स्तन भएकी जस्मिन भ्लासीको स्तन २० वर्ष पुग्दा बढेर ३२ के साइजको भएको थियो । स्तनको आकार लगातार बढेपछि उनले शल्यक्रिया गरेर त्यसलाई घटाउने निधो गर्दैे वेबसाइट गो फन्ड मीमार्फत् सहयोगको आव्हान गरिन् । 

उनले केही व्यक्तिमार्फत १ हजार डलरसमेत प्राप्त गरिन् । यद्यपि अकस्मात् उनलाई स्तन घटाउन चन्दा मागेको निहुँमा ज्यान मार्ने धम्की आउन थाल्यो । उक्त धम्कीले गर्दा आफू मानसिक समस्यामा परेको जस्मिन बताउँछिन् । उपचारका लागि घरौटी राख्न अझै ५ सय डलर नपुगे पनि धम्की आउन थालेपछि उनले आफ्नो आह्वानलाई साइटबाट हटाइसकेकी छिन् । 

प्रकाशित :माघ २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्