गायक राजेशपायलको भ्यालेनटाइन

- साप्ताहिक संवाददाता

माघ २४, २०७४

नेपाली गायन क्षेत्रका गायक राजेशपायल राईको बेग्लै पहिचान छ । उनका थुप्रै गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय तथा चर्चित छन् । उनका फ्यानका लागि उनले ‘भ्यालेनटाइन’ उपहार प्रस्तुत गरेका छन् । 

‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित उनको ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक भएको छ । 

बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको सार्वजनिक गीतको भिडियो समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्यूजिक भिडियोलाइ राधाकृष्ण आचार्यले निर्देशन गरेका छन् । 

म्यूजिक भिडियोमा मोडल सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् । भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।

तिमीलाई नसम्झिने त कुनै छिन छैनको म्यूजिक भिडियो : 

 

प्रकाशित :माघ २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्