टर्‍यो एउटा भिडन्त

- साप्ताहिक संवाददाता

माघ २४, २०७४

भ्यालेन्टाइन डे नजिकिँदै छ । १४ फेबु्रअरी आउन अब धेरै बाँकी छैन । प्रेम दिवसलाई प्रेमि–प्रेमिकाको त्यागका रूपमा समेत चित्रण गरिन्छ । नेपाली चलचित्रको एक जोडी प्रेमी–प्रेमिका भने भ्यालेन्टाइन डेपछिको साता प्रदर्शन हुने आ–आफ्ना चलचित्रमार्फत भिडन्त गर्न तयार भएका थिए । 

प्रसंग हो सौगात मल्ल र सृष्टि श्रेष्ठको । चलचित्र क्षेत्रमा उनीहरूलाई प्रेमी–प्रेमिकाका रूपमा हेरिन्छ । यी दुवै जोडी चलचित्र पञ्चेबाजा तथा रोमियो एन्ड मुनामार्फत एकै दिन दर्शकमाझ आउन ठिक्क परेका थिए ।

फागुन ११ गते यी दुबै चलचित्रले प्रदर्शन मिति तय गरेका थिए । पञ्चैबाजामार्फत सौगात मल्ल दर्शकमाझ आउँदैछन् भने सोही दिन अभिनेत्री सृष्टि श्रेष्ठ रोमियो एन्ड मुनामार्फत दर्शकसमक्ष प्रस्तुत हुने कुरा थियो । 

अन्तिम समयमा आएर रोमियो एन्ड मुनाको पोष्ट प्रोडक्सनमा समय लाग्ने भएपछि उक्त चलचित्र अब चैत २ मा मात्र प्रदर्शन हुने भएपछि एक जोडी प्रेमि–प्रेमिकाको सम्भावित भिडन्त टरेको हो । 

 

प्रकाशित :माघ २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्