खगेन्द्रको डमरुको डन्डीबियो

- साप्ताहिक संवाददाता

माघ २३, २०७४

खगेन्द्र लामिछानेको चलचित्र ‘डमरुको डन्डीबियो’को पहिलो पोस्टर सार्वजनिक भएको छ । चलचित्रका सार्वजनिक २ पोस्टरमा लामिछानेलाई नै प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टर हेरेर उनी जुझारु स्वभावका क्रान्तिकारी हुन सक्ने अनुमान लगाउन सकिन्छ । 

यहि चलचित्र मार्फत छेतेन गुरुङले चलचित्र निर्देशनमा डेव्यु गरेका छन् । उनले यसअघि नोभेम्बर रेन, क्यासिक, डायरी जस्ता चलचित्रमा स्क्रिप्ट लेखिसकेका छन् ।

चलचित्रमा खगेन्द्रसँगै मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिस्री थापा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

चलचित्रमा विनोद गुरुङ र सुमी श्रेष्ठले संयुक्त रुपमा लगानी गरेका छन् । हरि हामागाईले खिचेंको यो चलचित्रमा कालीप्रसाद बाास्कोटाको सङ्गीत रहेको छ । चलचित्रमा अभिनेता खगेन्द्रको कथा रहेको बताईएको छ । 

प्रकाशित :माघ २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्