श्रृङ्खलाबद्ध मिस तामाङ

- साप्ताहिक संवाददाता

माघ २३, २०७४

 

सौन्दर्य प्रतियोगिताको बृद्धि भएसँगै हरेक कार्यक्रमले आफूलाई पृथक बनाउने प्रयास गरिरहेका छन् ।सन् २००६ देखि आरम्भ भएको मिस तामाङ प्रतियोगिताले आफ्नो यात्राको ११ औं संस्करणसम्म आइपुग्दा अझ वृहत् र विस्तृत बनाउने हेतुले प्रतियोगितालाई टेलिभिजनमा श्रृङ्खलाबद्ध रुपमा प्रस्तुत गरेको छ । एपी वन टेलिभिजनको पर्दामा गएको शनिबार देखि प्रशारण आरम्भ भएको प्रतियोगिताको श्रृङ्खलाबद्ध स्वरुप आगामी केही साता सम्म चल्ने छ । 

प्रत्येक शनिबार राति ९ बजे प्रशारण गरिने मिस तामाङ २०१८ प्रतियोगिताको श्रृङ्खलाबद्ध स्वरुपहरुमा सहभागिहरुको विभिन्न प्रस्तुति र विविध अवार्डका लागि प्रतिस्पर्धाका समग्र प्रस्तुतिहरु समेटिएका छन् । 

सहभागि २८ प्रतिस्पर्धी मध्येबाट आम दर्शकहरुको भोटिङका आधारमा टप टेन चयन गरी फाइनल प्रतिस्पर्धा संचालन गरिने आयोजक पक्षले जनाएको छ । नेपाल तामाङ कला संस्कृति केन्द्र र एभरेष्ट फेसन होमको संयुक्त आयोजनामा संचालन हुँदै गरेको प्रतियोगिताको ग्राण्ड फिनाले आगामी फाल्गुण १९ गतेका लागि तय गरिएको छ । 

 

प्रकाशित :माघ २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्