पाँचौ चरा महोत्सव

- मनोज पौडेल

माघ २३, २०७४

२२ हजार बढी चरा रहेको जगदीशपुर तालमा चरा महोत्सव गरिएकोछ । विश्व सिमसार क्षेत्रमा सुचिकृत तालमा आयोजित ३ दिने महोत्सवमा ३ हजार वढीले चरा अवलोकन गरेका छन् । 

चरा पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन तालमा पाँचौं चरा महोत्सव गरिएको हो । नारायणी पश्चिमकालागि नौलो र पहिलो चरा महोत्सव हेर्न टाढा टाढावाट सर्वसाधारणको घुईचो लागेको थियो । सिमसार दिवशका उपलक्ष्यमा गरिएको महोत्सवमा चरा हेर्नकालागि वुटबल, भैरहवा र परासीबाट पाहुना आएका थिए । विद्यार्थीदेखि विदेशी पर्यटकको ध्यान चराले तानेको थियो । 

चरा हेर्न आउने पाहुनालाई नजिकबाट चरा देखाईएको थियो । २ ठूल–ठूला ट्राईपोटमा बाईनाकुलर जडान गरेर नेचर गाईडले चरा देखाएका थिए । उनीहरुले तालमा देखिने आगन्तुक चराको नाम, आएको मुलुक र ठाउ जानकारी दिदै चरा अवलोकन गराएका थिए । उनीहरुले चराको महत्व बताउदै त्यसको जर्गेना गर्नु पर्ने कारण बताएका थिए । 

चरा हेर्न ताल २ बेलायती पर्यटक आएका थिए । बढदो चिसोमा टाढाबाट आएर चरा हेर्न पाउँदा निक्कै आनन्दित भए वेलायती पर्यटक टोनी मेनवुडले भने एउटै फलगमा ४ हजार बढी चरा देख्दा छुट्टै आनन्दको अनुभूति भयो । छोटो समयमै बेलायत भन्दा यहाँका तालमा बढी चराको जल विहार, चिरबिराहट र कलरव जलक्रिडाले आफू निक्कै रोमाञ्चित भएको हेलन मेनवुडले बताईन् । एकै छिनमा ३० बढी प्रजातिको चरा देखे पछि मनै फुरुङ्ग भएको हेलनले बताईन् ।  

चरा हेरेरै मन अनन्दित भयो बिबिसी नेपाली सेवमा समेत काम गरिसकेका वातावरण पत्रकार रमेश भुसालले भने जगदीशपुर त चराको उर्वरभूमि रहेको बताए । पुर्व–पश्चिम सिमसार क्षेत्रको रिपोटिङ्ग गर्दै हिडेका उनले भने पहिलो पटक जगदीशपुरले धीतमार्ने गरि चरा हरेर आनन्दित भए । चरा महोत्सवमा हेर्न धेरै संचारकर्मी पनि पुगेका थिए । चराको स्वर्ग मानिने ठाउँलाई चिनाउन चरा महोत्सव गरेको आयोजक जगदीशपुर जलासय बहुसरोकार मंचका सदस्य अब्दुलरसिद खाँले बताए ।

महोत्सवमा चरा, प्रकृति र सिमसारको अन्र्तसंबन्ध झल्कने बृत्त चित्र, पोस्टर पम्पलेट र तस्बिर प्रर्दशन गरिएको थियो । त्यस्तै जगदीशपुर तालको वरिपरि ५ किमीमा म्याराथुन दौड गरिएको थियो । विजयीलाई नगद पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो । थारु कला संस्कृति र अवधी संस्कृतिको गडासी नाँच पनि प्रर्दशन गरिएको थियो । चराको महत्व बुझाउने निबन्ध प्रतियोगिता गरिएको थियो । यहा १८ देखि २० गते सम्म चरा महोत्सव मनाईएको हो ।

१ सय ५७ हेक्टरमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । तालमा १ सय ६७ बढी प्रजातिका चरा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाईने आईयुसीएनले गरेको अध्ययनले देखाएको छ । तालमा यस वर्ष २२ हजार बढी चरा गणना गरिएकोछ । विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चरा पनि देख्न पाईन्छ । अहिले तालमा ४४ बढी प्रजातिका पानी चरा सजिलै देख्न सकिन्छ । ताल नेपालमा पाईने २७ प्रजातिका चराका लागि महत्वपुर्ण क्षेत्रका रुपमा रहेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ताल सिमसार र जैविक विविधताले निक्कै महत्वपुर्ण छ । 

 

प्रकाशित :माघ २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्